Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अब द्वन्द कलाकारलाई भोकै मर्न दिँदैनौं : नारायण प्रधान

फिल्मीखबर, काठमाण्डौ, 2021/01/29
२०५८ सालमा राजेन्द्र खड्गीको अध्यक्षतामा गठन भएको चलचित्र द्वन्द कलाकार संघले चार जना अध्यक्ष फेरिसकेको छ । तर, आजसम्म द्वन्द कलाकारले आफूलाई गाह्रो-साह्रो पर्दा संघ साथमा छ भन्ने महशुस गर्न पाएका छैनन् । विभिन्न फिल्म सम्बन्ध संघ संस्थाका विज्ञप्तिमा आँखा चिम्लिएर हस्ताक्षर गर्नुभन्दा बाहेक अरु समयमा द्वन्द संघलाई दिउँसै बत्ति बालेर खोज्नु पर्ने अवस्था छ ।
 
माघ १० गते भएको पाँचौ साधारण सभाबाट द्वन्द कलाकार संघको अध्यक्षमा निर्विरोध निर्वाचित भएका नारायण प्रधानले अब द्वन्द कलाकार संघ सशक्त भएर अगाडि बढ्ने बताएका छन् । शुक्रवार राजधानीमा आयोजित संघको नयाँ कार्यसमितिको शपथ ग्रहण तथा प्रमाण पत्र वितरण कार्यक्रममा उनले अब द्वन्द संघमा आबद्ध कलाकार र उनीहरुका परिवारलाई भोकै मर्न नदिने बताए ।
 
 
उनले भने- ‘अब हामी अक्षय कोष स्थापना गरेर वा आफ्नो हिसाबबाट कुनै द्वन्द कलाकारले अन्य व्यवसाय गर्न चाहन्छ भने काम गर्ने वातारण सिर्जना गर्नेछौं । र, द्वन्द विधामा लागेको व्यक्तिले बच्चालाई पढाउन सकेको छैन भने उनीहरुलाई पढ्ने वातावरण पनि हामी सिर्जना गर्नेछौं । यो विधामा लागेका र संघमा आबद्ध भएकालाई अब भोकै मर्न दिने स्थिति सिर्जना हुन दिँदैनौं ।’
 
कोरोनाका कारण भएको लकडाउनमा फिल्म निर्माण ठप्प हुँदा ठूलो संख्यामा द्वन्द कलाकारले अन्य पेशा अपनाउन बाध्य भएको उनले बताए । ‘लकडाउनभन्दा अगाडि ६/७ सय जनाभन्दा बढी द्वन्द कलाकारहरु थिएँ । अहिले सय जना जति सक्रिय होलान् । लकडाउनपछि फिल्म निर्माण नहुँदा धेरै द्वन्द कलाकारहरु आफ्नो पुर्खौली घरमा गएर खेतीपाती गरिरहेका छन्,’ उनले भने ।
 
संघको प्रथम उपाध्यक्षमा रेवन्त विक्रम थापा, दृतिय उपाध्यक्षमा रोशन गुरुङ, महासचिव पुण्य प्रसाद ओझा र कोषाध्यक्षमा रुका लामा निर्विरोध चयन भएका छन् भने सदस्यहरुमा दीलिप श्रेष्ठ, लक्ष्मी कुमारी दाहाल, रविन्द्र खड्का, सञ्जय थापा, विश्वराज घिसिङ, सम्राट बस्नेत, श्री श्रेष्ठ, पेमा लामा र रोहित थापा रहेका छन् । यो कार्यसमितिले अबको २ वर्ष द्वन्द संघ चलाउने छ ।
Most Visited News (monthly)