Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 7213 - 7218 of 23775
फिल्मीखबर, काठमाण्डौ, 2021-02-03, बुधवार

रोमान्टिक नायकको छवि बनाएका आर्यन सिग्देल अहिले एउटा हिट फिल्मको खोजीमा छन् । ‘क्लासिक’ पछि सफलताको सुख प्राप्त गर्न नसकेका उनले आफ्नो खस्कँदो करिअरलाई उठाउन फिल्म ‘कायरा’ समेत निर्माण गरे । तर, यसले उनको फ्लप फिल्मको श्रृंखलामा पूर्ण विराम लगाउन सकेन । उनले ठूलो आश गरेका दुई फिल्म ‘हजार जुनीसम्म र चच हुईं’ पनि चलेनन् ।

फिल्मीखबर, काठमाडौं, 2021-02-03, बुधवार

‘हिम्मतवाली’ फेम्ड अभिनेता रविन्द्र प्रताप सेन स्टारर फिल्म ‘गोर्खे’ को प्रदर्शन मिति घोषणा गरिएको छ । केही दिनअघि शीर्ष गीत सार्वजनिक गरेको निर्माण टिमले आउँदो फागुन २१ गतेलाई फिल्मको प्रदर्शन मिति घोषणा गरेको हो । दर्शकहरु सिनेमा हलसम्म पुग्ने माहोल राम्रो बन्दै गएका कारण फागुनमा फिल्म प्रदर्शन गर्न लागेको वितरक करण श्रेष्ठ ‘क्रेजी’ ले जानकारी दिए । 

फिल्मीखबर, काठमाण्डौ, 2021-02-03, बुधवार

निर्देशक तथा कलाकार सुवर्ण थापा लामो समयपछि फिल्म निर्देशनमा फर्किने भएका छन् । ‘सुनगाभा, फन्को, बाटो मुनिको फूल २’ लगायतका फिल्मको निर्देशन गरिसकेका उनी अब ‘दि सेक्रेट्स अफ राधा’ नाममा नयाँ फिल्म बनाउने तयारीमा छन् । यही माघ २६ गतेबाट फिल्मको छायांकन सुरु हुँदैछ । केही दिनअघि मात्र निर्देशक थापाको टिम लोकेशन हेर्न निस्किएको थियो ।

फिल्मीखबर, काठमाडौं, 2021-02-02, मंगलवार

पुष १० गतेबाट ९ महिनापछि खुलेका सिनेमा हल नयाँ फिल्मको पखाईमा छन् । अहिले सिनेमा हलमा दर्शकलाई तान्न एउटा आशातित फिल्मको आवश्यकता देखिएको छ । तर, यो समयमा फिल्म प्रदर्शन गर्दा पानी पनि भन्न नपाउने डरले कोही निर्माता जोखिम उठाउन तयार देखिएका छैनन् । आउँदो नयाँ वर्षमा भने एकै मितिमा नेपाली फिल्मबीच भाले जुधाई हुने देखिएको छ । 

एजेन्सी, मुम्बई, 2021-02-02, मंगलवार

यो डिजिटल युगमा हरेक पन्ध्र मिनेटमा हामी आफ्नो मोबाइल चेक गरिरहेका हुन्छौं । यो बिना जिन्दगी कल्पना गर्न पनि मुश्किल छ । तर, बलिउड सुपरस्टार आमिर खान फिल्म ‘लाल सिंह चड्ढा’ रिलिजसम्म मोबाइलबाट टाढा बस्ने भएका छन् । अर्थात् उनले फिल्म रिलिज अगाडिसम्म मोबाइल बन्द गर्ने भएका छन् । मोबाइलले काममा बाधा गरेको भन्दै उनले यो निर्णय गरेका हुन् ।

फिल्मीखबर, काठमाण्डौ, 2021-02-02, मंगलवार

काठमाडौंको बानेश्वरस्थित आइप्लेस मलको सबैभन्दा माथिल्लो तल्लामा ठूलो लगानीमा सञ्चालनमा आएको दृष्य लाउन्जले पहिलो एनिभर्सरी मनाएको छ । सोमवार साँझ एक कार्यक्रमका बीच कलाकार दीपकराज गिरी, ‘छक्का पञ्जा’ सिरिजकी निर्देशक दीपाश्री निरौला, अभिनेत्री केकी अधिकारी, कलाकार निर्मल शर्माले केक काट्दै दृष्य लाउन्जको एनिभर्सरी सेलिब्रेसन गरे । 

Results : 7213 - 7218 of 23775
Most Visited News (monthly)