Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

पाइरेसीपछि ‘आमा’ यूट्युबमा

फिल्मीखबर, काठमाडौं, 2021/01/29
 
गत वर्षको फागुनमा प्रदर्शन भएको दिपेन्द्र के. खनाल निर्देशित फिल्म ‘आमा’ यूट्युबमा सार्वजनिक भएको छ । शुक्रबार निर्माण टिमले बुढासुब्बाको यूट्युब च्यानलमार्फत फिल्म सार्वजनिक गरेको हो । यूट्युबमा सार्वजनिक भएसँगै फिल्मलाई दर्शकबाट सकारात्मक प्रतिक्रिया मिलेको छ । फिल्मको कथावस्तु, प्रस्तुती र कलाकारको अभिनयलाई दर्शकले प्रशंसा गरेका छन् ।
 
सीमक्षात्मक र व्यवसायिक दुवै रुपमा सफल ठहरिएको यो फिल्म कोरोनाका कारण प्रदर्शनकै क्रममा रोकिएको थियो । जसले गर्दा हल व्यवसायीहरुले ‘आमा’ लाई रि-रिलिज गर्दै ९ महिनापछि सिनेमा हल खोलेका थिए । तर, प्रदर्शन भइसकेको फिल्म हेर्न दर्शकले जाँगर चलाएनन् । रि-रिलिजको प्रयास असफल भएपछि शुक्रवार निर्माण टिमले फिल्म यूट्युबमा सार्वजनिक गरेको हो ।
 
सिनेमा हलमा रिलिजको ११ महिनामा नै यूट्युबमा फिल्म रिलिज गर्नुको कारण पाइरेसी प्रमुख मानिएको छ । पाइरेसी कपी धेरै दर्शकको मोवाइलमा पुगेपछि डिजिटल राइट्स लिएको बुढासुब्बाले ‘आमा’ लाई यूट्युब रिलिज गरेको हो । यो फिल्म विदेशमा प्रदर्शन हुन बाँकी नै थियो । पाइरेसीका कारण हतारमा फिल्म यूट्युबमा रिलिज गर्नु पर्दा निर्माण टिमलाई ठूलो घाटा भएको छ ।
 
फिल्ममा अस्पतालको शैयामा जीवन र मृत्युको दोसाँधमा छट्पटिरहेका पितालाई बचाउन एक छोरीले गर्ने त्याग, समर्पण र संघर्षलाई देखाइएको छ । फिल्ममा आमाको भूमिकामा मिथिला शर्मा र छोरीको भूमिकामा सुरक्षा पन्त छन् । शर्मिला पाण्डेले निर्माण गरेको फिल्ममा देशभक्त खनाल, सरिता गिरी, लक्ष्मी भुषाल, टीका पहारीलगायतका कलाकारहरुको पनि अभिनय छ ।
 
फिल्म हेर्नुहोस् ;-
 

Most Visited News (monthly)