Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 7243 - 7248 of 23775
फिल्मीखबर, काठमाडौं, 2021-01-27, बुधवार

संघर्षका विभिन्न चरण पार गरेर मोडलिङको दुनियाँमा आफ्नो फरक पहिचान बनाएकी नेपालकी ट्रान्सजेन्डर मोडल अञ्जली लामाले हलिउड फिल्ममा डेब्यू गर्ने भएकी छन् । नुवाकोटकी लामाले ६ भागमा निर्माण हुने ‘सेयरिङ ए राइड’ मा अभिनय गर्न लागेकी हुन् । लीना यादवले निर्देशन गर्ने फिल्ममा उनीसँगै बलिउड अभिनेत्री ज्याकलीन फर्नान्डिसको पनि अभिनय रहनेछ ।

एजेन्सी, मुम्बई, 2021-01-26, मंगलवार

बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिसले फिल्म ‘वुमेन्स स्टोरीज’ बाट हलिउडमा डेब्यू गर्दैछिन् । ६ हिस्सामा बाँडिएको फिल्मको निर्देशन विश्वभरका अलग-अलग निर्देशकले निर्देशन गर्नेछन् । फिल्ममा महिला कलाकारको मात्र अभिनय रहनेछ । ज्याकलिनको हिस्सा बलिउड निर्देशक लीना यादवले निर्देशन गर्दैछिन् । उनले ‘पार्च्ड, शब्द र तीन पत्ती’ फिल्मको निर्देशन गरिसकेकी छन् । 

फिल्मीखबर, काठमाण्डौ, 2021-01-26, मंगलवार

अभिनेत्री वर्षा सिवाकोटी फिल्म छाड्ने मामलामा सबैभन्दा अगाडि छिन् । स्क्रिप्ट र भूमिका चित्त बुझेर फिल्म साइन गरे पनि छायांकन सुरु हुने समयमा विभिन्न कारण देखाउँदै हात झिक्ने उनको पुरानो बानी हो । उनले अहिलेसम्म कागजी सम्झौता गरेका धेरै फिल्म छाडिसकेकी छन् । रोचक कुरा चाहिँ के छ भने उनले छाडेका प्रायः फिल्म बक्सअफिसमा पत्तासाफ भएका छन् । 

फिल्मीखबर, काठमाण्डौ, 2021-01-26, मंगलवार

कोरोना भाइरसका कारण ९ महिनासम्म बन्द रहेका सिनेमा हल गएको पुष १० गते सञ्चालनमा आएका छन् । सरकारले वेवास्था गरेको भन्दै हल व्यवसायीहरुले एकतर्फी रुपमा सिनेमा हल खोल्ने निर्णय गरेका थिए । अन्ततः सरकारले पनि पुष अन्तिममा कानुनी रुपमा सिनेमा हल सञ्चालनको अनुमति दियो । तर, ९ महिनापछि सिनेमा हल खुले पनि दर्शक उपस्थिति सुखद छैन ।

फिल्मीखबर, काठमाडौं, 2021-01-26, मंगलवार

अभिनेता राजेश हमालले चार वर्षपछि पर्दापण गर्न लागेको फिल्म ‘सत्यम्’ अहिले चर्चामा छ । हमालले ८ महिनाभन्दा बढी समय स्क्रिप्टमा छलफल गरेपछि काम गर्न स्वीकृति जनाएका कारण फिल्मको कन्टेन्ट र उनको भूमिका शक्तिशाली हुनसक्ने आँकलन गरिएको छ । शंकर कार्कीले निर्देशन गर्ने फिल्ममा अभिनेता अनुपविक्रम शाहीले खलनायकको भूमिका निर्वाह गर्दैछन् ।

फिल्मीखबर, काठमाडौं, 2021-01-25, सोमवार

अहिलेका चल्तीका अभिनेता प्रदीप खड्का र निर्देशक दिनेश राउतबीच पहिलो पटक सहकार्य भएको फिल्म ‘प्रकाश’ का लागि मुख्य नायिका फाइनल भएको छ । रेनु योगीले यो फिल्मबाट अभिनेत्रीको रुपमा डेब्यू गर्ने भएकी छन् । अडिसनमार्फत कास्टिङ डाइरेक्टर अनुप बरालले उनलाई फिल्मका लागि छनोट गरेका हुन् । अब फिल्ममा उनको जोडी प्रदीप खड्कासँग बाँधिनेछ । 

Results : 7243 - 7248 of 23775
Most Visited News (monthly)