Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘रामायण’ मा राम र सिता बन्दै ऋतिक र दीपिका !

एजेन्सी, मुम्बई, 2021/01/29
 
निर्देशक रामानन्द सागरले १९८७ मा पहिलो पटक रामायण ग्रन्थमाथि टेलिभिजन श्रृङ्खला बनाएका थिए । त्यसबेलाको यो सबैभन्दा हिट सिरियल थियो । लकडाउनमा पनि यसले टिआरपीमा रेकर्ड राख्यो । २०२० को अप्रिलमा यो सिरियललाई ७ करोडभन्दा बढीले हेरेका थिए । १९८७ मा ‘रामायण’ सिरियलको प्रसारण पहिलो पटक दूरदर्शन टिभीबाट भएको थियो ।
 
अब बलिउड ‘रामायण’ माथि चार सय करोडमा फिल्म बनाउने तयारीमा छ । निर्माता मधु मेन्टाना आफ्नो नयाँ फिल्म ‘रामायण’ लाई लिएर उत्साहित छन् । उनले फिल्मको माध्यमबाट ठूलो पर्दामा ‘रामायण’ को भव्य प्रस्तुती देखाउन चाहेका छन् । फिल्मका लागि भगवान रामको रोलमा ऋतिक रोशन र सिताको रोलमा दीपिका पादुकोण फाइनल भएको भारतीय मिडियाको दाबी छ ।
 
‘रामायण’ को निर्देशन ‘दंगल’ फेम्ड निर्देशक नितेश तिवारीले गर्दैछन् । यसलाई हिन्दीसँगै तमिल र तेलुगू भाषामा पनि रिलिज गर्ने तयारीमा निर्माण टिम छ । फिल्मलाई अल्लू अरविन्द, नमित मल्होत्रा र मधु मेन्टानाले मिलेर निर्माण गर्दैछन् । यसमा भिएफएक्स र भिजुअल इफेक्टको अत्याधिक प्रयोग हुनेछ । निर्देशक तिवारीका अनुसार, फिल्ममा रावणतर्फको कथालाई देखाइनेछ ।
Most Visited News (monthly)