Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 7225 - 7230 of 23775
फिल्मीखबर, काठमाडौं, 2021-01-31, आईतवार

अभिनेता खगेन्द्र लामिछाने र सागर खरेलको समुहले सुरु गरेको ओटीटी प्लेटफर्म ‘सिनेमा घर गोल्ड’ एपले प्रचार-प्रसारलाई आक्रामक बनाइरहेको छ । एपको प्रचारमा खगेन्द्र आफैं खटिएका छन् । यो एपमा ५ सय तिरेर वर्षभरी फिल्म, वेव सिरिज, स्ट्यान्ड अप कमेडी, सर्ट मुभिज हेर्न पाइन्छ । अब इसेवाबाट भुक्तानी गर्दा १० प्रतिशत क्यासब्याक पनि पाइने भएको छ । 

फिल्मीखबर, काठमाण्डौ, 2021-01-31, आईतवार

स्वदेशी र विदेशी फिल्म छायांकनका लागि पहिलो रोजाई बन्दै गएको नेपालको मुस्ताङमा हलिउड फिल्म ‘ब्ल्याक नर्सिसस’ खिचिएको छ । बेलायतको एफ एक्स र बिबिसी वनले निर्माण गरेको फिल्ममा ‘गेम अफ थ्रोन्स’ अभिनेत्री डायना रिग, ‘क्वान्टम अफ सोलेस’ की अभिनेत्री जेमा आर्टेटोन, ‘गेम अफ थ्रोन्स’ अभिनेत्री एसलिङ फ्रान्सिकोइ लगायतले अभिनय गरेका छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2021-01-31, आईतवार

फिल्म ‘बुलबुल’ बाट आफूलाई उच्च कोटीको अभिनेत्रीको रुपमा उभ्याएकी स्वस्तिमा खड्का आउँदो फागुन दोस्रो हप्ताबाट दीपेन्द्र के. खनालले निर्देशन गर्ने फिल्म ‘चिसो मान्छे’ मा काम गर्ने तयारीमा छिन् । यसमा उनी अहिलेसम्मकै फरक भूमिकामा देखिँदैछिन् । बाजुराकी एक विपन्न महिलाको भूमिकामा देखिन लागेकी उनी यसका लागि भाषा र लवज सिकिरहेकी छन् ।

फिल्मीखबर, काठमाडौं, 2021-01-31, आईतवार

रंगिन दुनियाँमा कलाकारको प्रेम र ब्रेकअपको खबर नौलो होइन । कलाकारको प्रेम सम्बन्ध धेरै समय टिक्दैन समेत भन्ने गरिन्छ । संसारका हरेक फिल्म इन्डस्ट्रीमा  कलाकारको अभिनयभन्दा प्रेम र ब्रेकअपकै चर्चा बढी हुन्छ । नेपाली फिल्म क्षेत्र यसबाट कसरी अछुतो रहन सक्थ्यो र ? कुनै न कुनै कलाकारको प्रेम र ब्रेकअपको खबरले फिल्म क्षेत्र नतातेको सम्भवतः कुनै महिना छैन ।

फिल्मीखबर, काठमाडौं, 2021-01-30, शनिवार

‘धुर्मुस सुन्तली फाउन्डेसन’ ले जनस्तरको सहयोगमा चितवनमा निर्माण गरिरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा यही माघ २४ गते ‘स्टार क्रिकेट २०२१’ आयोजना हुने भएको छ । रंगशाला निर्माणको अभियानमा सहयोग गर्ने उद्देश्यले गृष्मा ब्रोडकास्टिङको आयोजनामा हुन लागेको क्रिकेट प्रतियोगितामा देशका चर्चित कलाकार तथा खेलाडीहरुको सहभागिता रहनेछ ।

फिल्मीखबर, काठमाण्डौ, 2021-01-30, शनिवार

फिल्म ‘होस्टेल’ बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी प्रकृति श्रेष्ठले लामो समयपछि अभिनयमा कमब्याक गर्ने भएकी छन् । विवाहपछि श्रीमानसँगै अष्ट्रेलिया बस्न थालेकी उनी फिल्म ‘बिहे पास’ बाट पर्दामा फर्किन लागेकी हुन् । यसमा उनको जोडी अभिनेता दयाहाङ राईसँग बाँधिने भएको छ । फिल्ममा दुवै अनुबन्ध भइसकेका छन् । प्रवेश पौडेलले फिल्मको निर्देशन गर्नेछन् ।

Results : 7225 - 7230 of 23775
Most Visited News (monthly)