Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘सिनेमा घर गोल्ड’ को अफर, इसेवाबाट भुक्तानी गर्दा १० प्रतिशत क्यासब्याक

फिल्मीखबर, काठमाडौं, 2021/01/31
 
अभिनेता खगेन्द्र लामिछाने र सागर खरेलको समुहले सुरु गरेको ओटीटी प्लेटफर्म ‘सिनेमा घर गोल्ड’ एपले प्रचार-प्रसारलाई आक्रामक बनाइरहेको छ । एपको प्रचारमा खगेन्द्र आफैं खटिएका छन् । यो एपमा ५ सय तिरेर वर्षभरी फिल्म, वेव सिरिज, स्ट्यान्ड अप कमेडी, सर्ट मुभिज हेर्न पाइन्छ । अब इसेवाबाट भुक्तानी गर्दा १० प्रतिशत क्यासब्याक पनि पाइने भएको छ । 
 
‘सिनेमा घर गोल्ड’ मा उपलब्ध फिल्म वा अन्य भिडियो सामाग्री हेर्नका लागि इसेवाबाट भुक्तानी गर्दा दर्शकले १० प्रतिशत क्यासब्याक पाउने एपका सञ्चालक खगेन्द्रले बताए । यसले एपप्रति दर्शकको आकर्षण बढ्ने विश्वास लिइएको छ । एउटै टिकटमा १८ वटासम्म नेपाली फिल्म हेर्न मिल्ने सुविधा उपलब्ध गराएको एपमा फिल्मको पाइरेसी रोक्न कडा सुरक्षा व्यवस्था गरिएको छ ।
 
हाल यो एपमा ‘डमरुको डन्डिबियो, मंगलम, बबी, ब्लाइन्ड रक्स, रोमियो एन्ड मुना, कोहलपुर एक्सप्रेस, सरौंतो, कागजपत्र’ फिल्म हेर्न सकिन्छ । ‘सिनेमा घर गोल्ड’ एन्ड्रोइड टिभी, एन्ड्रोइड तथा आइओएस सिस्टमका मोबाइल र ट्याब्लेटलगायतका स्मार्ट डिभाइसमा डाउनलोड गरी हेर्न सकिनेछ भने क्रोमकास्ट प्रविधिकको प्रयोग गरी विभिन्न डिभाइसहरुमा पनि हेर्न सकिन्छ ।
 

 
हलमा पुगेर नेपाली फिल्म हेर्न नपाउने दर्शकलाई फिल्म हेर्न लामो समय पर्खन नपरोस् भन्ने मनोभाव ‘सिनेमा घर गोल्ड’ को रहेको सञ्चालक खरेलले बताए । थ्री सिक्स्टी वन डिग्री मिडियाले विभिन्न फिचरसहित ‘सिनेमा घर’ को अपडेटेड भर्सन अग्रेजी नयाँ वर्ष (२०२१) मा सार्वजनिक गरेको थियो । विशेषगरी विदेशमा बस्ने नेपाली दर्शकलाई लक्षित गरेर यो एपको सुरुवात गरिएको हो ।
Most Visited News (monthly)