Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(28 votes, avg 4.61/5.00)
Text size:-
+
-

दयाहाङसँग ‘बिहे पास’ गर्दै प्रकृति

फिल्मीखबर, काठमाण्डौ, 2021/01/30
 
फिल्म ‘होस्टेल’ बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी प्रकृति श्रेष्ठले लामो समयपछि अभिनयमा कमब्याक गर्ने भएकी छन् । विवाहपछि श्रीमानसँगै अष्ट्रेलिया बस्न थालेकी उनी फिल्म ‘बिहे पास’ बाट पर्दामा फर्किन लागेकी हुन् । यसमा उनको जोडी अभिनेता दयाहाङ राईसँग बाँधिने भएको छ । फिल्ममा दुवै अनुबन्ध भइसकेका छन् । प्रवेश पौडेलले फिल्मको निर्देशन गर्नेछन् ।
 
सामाजिक विषयवस्तुमाथि निर्माण हुन लागेको फिल्मको आउँदो चैत पहिलो साताबाट छायांकन गर्ने तयारीमा निर्माण टिम छ । आरआर फिल्म प्रोडक्शनको ब्यानरमा रोहित कट्टेलको प्रस्तुति रहने फिल्मको कार्यकारी निर्मातामा रत्न श्रेष्ठ र सह-निर्मातामा ग्याल्जेन लामा छन् । तराई भेगमा खिचिने फिल्मका अन्य कलाकार तथा प्राविधिकको चयन भने बाँकी रहेको बताइएको छ ।
 
फिल्मको कथा आकाश बराल, सजन काफ्ले र मुरे केरले तयार पारेका हुन् भने पटकथा आकाश बराल र सजन काफ्लेको हो । एक समय म्यूजिक भिडियोमा भ्याइनभ्याइ हुने गरेकी प्रकृति विवाहपछि भने रंगिन दुनियाँबाट पूर्ण रुपमा टाढा थिइन् । अफर आएका फिल्म समेत उनले अस्वीकार गरेकी थिइन् । अब भने उनी दयाहाङसँग जोडी बाँध्दै अभिनयमा फर्किने भएकी छन् ।
Most Visited News (monthly)