Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 7207 - 7212 of 23775
फिल्मीखबर, काठमाडौं, 2021-02-05, शुक्रवार

कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले चैत पहिलो साताबाट लकडाउन घोषणा गरेपछि अन्तिम समयमा प्रदर्शन रोकिएको चिनियाँ सुपरहिरोइन फिल्म ‘मूलन’ शुक्रवारबाट नेपालका मल्टीप्लेक्सहरुमा प्रदर्शनमा आएको छ । फिल्मलाई एप्पल इन्टरटेनमेन्टले नेपाल ल्याएको हो । विदेशी बजारमा प्रदर्शन भइसकेको यो फिल्म नेपाली दर्शकमाझ प्रतिक्षीत थियो । 

एजेन्सी, मुम्बई, 2021-02-04, बिहिवार

हलिउड फिल्मलाई भारतीय दर्शकले निकै रुचाउने गरेका छन् । तर, केही फिल्म यस्ता छन्, जुन उनीहरुको मनसँग निकै नजिक छ । किनकि, ती फिल्ममा भारतीय कलाकारहरुले अभिनय गरेका छन् । यसमध्ये एक हो, फिल्म ‘जुरासिक वर्ल्ड’ ।  यसमा दिवंगत अभिनेता इरफान खानले काम गरेका थिए । यो फिल्ममा उनले आफ्नो कामबाट दर्शकलाई प्रभावित गरेका थिए ।

फिल्मीखबर, काठमाण्डौ, 2021-02-04, बिहिवार

राजनीतिक परिदृश्यमा देखिएको पछिल्लो अवस्था र प्रतिनिधिसभाको विघटनपश्चात् सिर्जित राजनीतिक अस्थिरताले आम मानिसमा राजनीतिप्रति विश्वास र भरोसाभन्दा वितृष्णा जगाएको छ । प्रतिनिधिसभाको विघटनपछि राजनीतिमा एकअर्काप्रति आरोप, अपमान, लाञ्छना, व्यक्तिगत आक्रमण हुनु सामान्य भएपछि नेपाली कलाकारहरुले पनि चिन्ता व्यक्त गर्न थालेका छन् । 

फिल्मीखबर, काठमाडौं, 2021-02-04, बिहिवार

सदावहार अभिनेत्री करिश्मा मानन्धर बिहीवारबाट ४७ वर्षमा प्रवेश गरेकी छन् । २०३० साल माघ २२ गते काठमाडौँ, बत्तीसपुतलीमा जन्मिएकी उनको वास्तविक नाम भने बुनु केसी हो । १४ वर्षको उमेरमा अभिनय करिअर सुरु गरेकी उनले फिल्ममा आएपछि नाम परिवर्तन गरेर करिश्मा राखेकी थिइन् । एक समय उनी नेपाली फिल्मकी निर्विकल्प अभिनेत्री झैँ थिइन् ।

फिल्मीखबर, काठमाडौं, 2021-02-03, बुधवार
अभिनेत्री श्वेता खड्काकी बहिनी आरती खड्का र रंग पत्रकार उत्सव रसाइलीले गाली गलौज र कुटपिट गरेको भन्दै अभिनेत्री सुष्मा कार्कीले मंगलवार महानगरिय प्रहरी वृत्त, दरबारमार्गमा उजुरी दिएकी थिइन् । सोमबार राति दरबारमार्गस्थित लण्डन पबमा उनीहरुबीच झगडा भएको थियो । बुधवार दिउँसो दुवै पक्षलाई बोलाएर प्रहरीले लामो छलफलपछि विवाद सल्टाएको छ । 
एजेन्सी, मुम्बई, 2021-02-03, बुधवार

‘अर्जुन रेड्डी, डियर कमरेड’ जस्ता फिल्मबाट जबरजस्त फ्यान फलोइंग बनाएका साउथ सुपरस्टार विजय देवरकोन्डा चाँडै बलिउड फिल्ममा डेब्यू गर्दैछन् । करण जोहरको प्रोडक्सनमा बनेको पुरी जगन्नाध निर्देशित फिल्म ‘लिगर’ मा उनले मुख्य भूमिका निर्वाह गरेका छन् । विजयसँग करणले यो फिल्मसँगै अरु दुई फिल्मका लागि पनि सम्झौता गरेको भारतीय मिडियाले बताएका छन् ।

Results : 7207 - 7212 of 23775
Most Visited News (monthly)