Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘स्टार क्रिकेट’ मा को-को उत्रिँदैछन् मैदानमा ?

फिल्मीखबर, काठमाडौं, 2021/01/30
‘धुर्मुस सुन्तली फाउन्डेसन’ ले जनस्तरको सहयोगमा चितवनमा निर्माण गरिरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा यही माघ २४ गते ‘स्टार क्रिकेट २०२१’ आयोजना हुने भएको छ । रंगशाला निर्माणको अभियानमा सहयोग गर्ने उद्देश्यले गृष्मा ब्रोडकास्टिङको आयोजनामा हुन लागेको क्रिकेट प्रतियोगितामा देशका चर्चित कलाकार तथा खेलाडीहरुको सहभागिता रहनेछ ।
 
शनिवार एक कार्यक्रमका बीच ‘स्टार क्रिकेट’ मा सहभागी हुने कलाकार तथा खेलाडीलाई चिनाइयो । च्यारिटी खेलमा पारस खड्का, दीपक विष्टसहितका खेलाडीहरु मैदान उत्रनेछन् भने कलाकारतर्फ सिताराम कट्टेल, कुञ्जना घिमिरे, दयाहाङ राई, सन्दीप क्षेत्री, प्रमोद खरेल, रामकृष्ण ढकाल, नम्रता श्रेष्ठ, बेनिशा हमाल, बद्री पंगेनी, प्रकाश सपुत लगायतले क्रिकेट खेल्नेछन् ।
 
 
दुई समुहमा बाँडिएको क्रिकेट प्रतियोगिताको एउटा समुहलाई धुर्मुस र अर्को समुहलाई सुन्तलीले नेतृत्व गर्नेछन् । ४० भन्दा बढी सेलिब्रेटीहरुको सहभागिता रहने ‘स्टार क्रिकेट २०२१’ बाट उठेको सम्पूर्ण रकम क्रिकेट रंगशाला निर्माणका लागि प्रदान गरिने आयोजक संस्था गृष्मा ब्रोडकास्टिङले जानकारी दिएको छ । यो प्रतियोगितामा भरतपुर महानगरपालिकाले पनि सहकार्य गर्दैछ ।
 
ओलम्पियन दीपक विष्टले ‘स्टार क्रिकेट’ ले खेलाडी र कलाकारबीच आत्मीय सम्बन्ध स्थापित गर्नेमा विश्वास व्यक्त गरे । खेलकुद क्षेत्रका लागि कलाकारले गरेको सहयोगप्रति आभार व्यक्त गर्दै उनले भविष्यमा कला क्षेत्रका लागि पनि सहयोग गर्ने प्रतिबद्धता जनाए । कलाकार सन्दिप क्षेत्रले रंगशाला निर्माणको सहयोगार्थ क्रिकेट प्रतियोगिता आयोजना हुन लागेकोमा खुसी व्यक्त गरे ।
 
चितवनमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला बनाउने योजना अनुसार ‘धुर्मुस सुन्तली फाउन्डेसन’ ले आर्थिक अभावका बीच पनि रंगशाला निर्माणको कार्य तिब्र गतिमा अघि बढाउँदै आएको छ । प्यारापिटतर्फ सबै स्ट्याङ्को पिल्लर उठाउने काम सकिएको छ । यस्तै, मुख्य मैदानको काम समेत ९० प्रतिशत पूरा भइसकेको छ । मुख्य मैदानमा ७ वटा अन्तर्राष्ट्रिय पिच हुने बताइएको छ ।
Most Visited News (monthly)