Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 7093 - 7098 of 23775
फिल्मीखबर, काठमाण्डौ, 2021-03-07, आईतवार

नेपालमा गीत विनाका फिल्म औंलामा गन्न सकिने संख्यामा मात्र छ । गीत चलिदियो भने त्यसको फाइदा फिल्मको व्यापारमा पुग्ने विश्वास फिल्मकर्मीहरुमा छ । त्यसैले कथाको माग होस् वा नहोस्, फिल्ममा गीत अनिवार्य हुन्छ । गीत हिट भएका फिल्मले इनिसियल व्यापार राम्रो गरेका उदाहरण धेरै छन् । गीत चलेर फिल्म बक्सअफिसमा डुबेका उदाहरण पनि अगन्य मात्रामा छन् ।

फिल्मीखबर, काठमाडौं, 2021-03-07, आईतवार
विगत तीन दशकदेखि नेपाली फिल्म क्षेत्रमा सक्रिय रहेका अभिनेता राजेश हमालले आफ्नो अभिनय करिअरमा तीन सयभन्दा बढी फिल्ममा काम गरेका छन् । सम्भवतः उनी जति संख्यात्मक रुपमा फिल्म गर्ने कलाकार नेपालमा अरु छैनन् । एक समय उनको टाउको पोस्टरमा राखे मात्रै पनि फिल्म हिट मानिन्थ्यो । फिल्ममा उनले हरेक प्रकारका भूमिका निर्वाह गरेका छन् ।
फिल्मीखबर, काठमाण्डौ, 2021-03-06, शनिवार

अभिनेता अनमोल केसीको एउटा सिद्धान्त छ- ‘एउटा फिल्मको छायांकन पूरा नभएसम्म अर्को फिल्ममा हात नहाल्ने ।’ उनी एकसाथ दुईवटा फिल्मको सुटिङ गर्दैनन् । एउटा फिल्मको छायांकन पूरा भएपछि अर्को फिल्मका लागि तयार हुन उनी घरभित्रै वनबास बस्छन् । अभिनयमा कच्चा मानिए पनि उनी आफ्नो चरित्रलाई न्यायपूर्ण ढङ्गबाट निभाउन भने कुनै कसर छाड्दैनन् ।

फिल्मीखबर, काठमाण्डौ, 2021-03-06, शनिवार

फिल्म निर्माण नहुँदै प्रदर्शन मिति घोषणा गर्ने नेपाली निर्माताहरुको पुरानै रोग हो । दशैं, तिहार जस्ता पर्वहरुलाई लक्षित गरेर एक वर्ष अगाडि नै फिल्मको प्रदर्शन मिति घोषणा गरिन्छ । तर, जब घोषित मितिमा विदेशी फिल्म आउँछन्, तब नेपाली फिल्मको भागभाग हुन्छ । निर्माण अगावै प्रदर्शन मिति घोषणा गर्दा पोस्ट प्रोडक्सनमा फिल्म विग्रिएका उदाहरणहरु पनि धेरै छन् ।

फिल्मीखबर, काठमाडौं, 2021-03-05, शुक्रवार
संचार तथा सुचना प्रविधी मन्त्रालयले चलचित्र विकास बोर्ड र केन्द्रिय चलचित्र जाँचपास समिति (सेन्सर बोर्ड)मा आगामी दुई बर्षको लागि सदस्यहरु नियुक्ती गरेको छ ।
फिल्मीखबर, काठमाडौं, 2021-03-05, शुक्रवार
अभिनेत्री उपासना सिंह ठकुरीले एजुकेसन एण्ड माइग्रेसन कर्नरको नयाँ बानेश्वरस्थित नयाँ शाखाको उद्घाटन गरेकी छन । ठकुरी यो संस्थाको ब्राण्ड एम्बेस्डर हुन् ।
Results : 7093 - 7098 of 23775
Most Visited News (monthly)