Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

विकास बोर्ड र सेन्सर बोर्डमा सदस्यहरु नियुक्त

फिल्मीखबर, काठमाडौं, 2021/03/05
संचार तथा सुचना प्रविधी मन्त्रालयले चलचित्र विकास बोर्ड र केन्द्रिय चलचित्र जाँचपास समिति (सेन्सर बोर्ड)मा आगामी दुई बर्षको लागि सदस्यहरु नियुक्ती गरेको छ । 
 
निर्माता तथा गायक अर्जुनकुमार डंगोल,  निर्देशक प्रकाश भट्टराई र अभिनेता फनिन्द्रकुमार कट्वाल (राज) चलचित्र विकास बोर्डको सदस्य पदमा नियुक्त भएका छन् । त्यसैगरी पत्रकार सन्तोष कुमार थापा र निर्देशक मीनाक्षी कोइराला केन्द्रिय चलचित्र जाँचपास समितिको सदस्य पदमा नियुक्त भएका छन् ।
 
 
शुक्रबार मन्त्रालयमा आयोजित समारोहमा नियुक्त सदस्यहरुलाई प्रमाणपत्र प्रदान गरिएको थियो । संचारमन्त्री पार्वत गुरुङले नियुक्त सदस्यहरुलाई मर्यादित भएर काम गर्न आग्रह गरेका छन् ।
Most Visited News (monthly)