
०६१ सालमा महेन्द्र बुढाथोकीको निर्देशनमा बनेको फिल्म ‘आँधी तुफान’ को १६ वर्षपछि सिक्वेल घोषणा गरिएको छ । बिहीवार राजधानीमा एक कार्यक्रमका बीच निर्माण घोषणा गरिएको फिल्ममा कलाकारदेखि निर्देशकसम्म परिवर्तन भएका छन् । अघिल्लो पार्टमा पूजना प्रधान, ऋचा घिमिरे र रञ्जु लामीछाने मुख्य भूमिकामा थिए । फिल्मले बक्सअफिसमा राम्रो कमाई गरेको थियो ।

कोरोना भाइरसका कारण धरासायी अवस्थामा पुगेको नेपाली फिल्म क्षेत्र पुनः आफ्नो लयमा फर्किँदैछ । सरकारले फिल्म क्षेत्रका गतिविधि सुचारु गर्न अनुमति दिएपछि सिनेमा हलहरु ९ महिनापछि सञ्चालनमा ल्याए । फिल्म निर्माणले पनि गति लिन थालेको छ । यतिबेला निर्माणको तयारीमा रहेका धेरै फिल्महरुले कथा सुहाउँदो पात्रका लागि अडिसन घोषणा पनि गरिरहेका छन् ।

फिल्म ‘रोम कोम र चेहरे’ का निर्देशक रूमी जाफरी लकडाउनभन्दा अगाडि अभिनेता सुशान्त सिंह राजपूत र उनकी प्रेमिका रिया चक्रवर्तीलाई लिएर लभस्टोरी फिल्म बनाउने तयारीमा थिए । उनले सुशान्तको निधनपछि यो कुराको खुलासा गरेका हुन् । अब उनी नयाँ हिरोलाई लिएर यो फिल्म बनाउने तयारीमा जुटेका छन् । फिल्ममा रिया यथावत हुने उनले बताएका छन् ।

नेपाल एयरलाइन्सका सिनियर क्याप्टेन विजय लामाको परिचयका विभिन्न आयाम छन् । नेपाली फिल्ममा आफ्नो अभिनयको माध्यमबाट बेग्लै पहिचान बनाएका उनी गायक समेत हुन् । सामाजिक मुद्धामा निर्भिक र स्पष्ट रुपमा आफ्नो भनाई राख्ने भएकाले धेरैले उनलाई सामाजिक अभियान्ता पनि भन्ने गरेका छन् । एक समय उनले टेलिभिजनमा कार्यक्रम पनि सञ्चालन गर्दथे ।

२०७४ सालमा निर्देशक मिलन चाम्सले नव-अभिनेत्री द्वय जसिता गुरुङ र रेविका गुरुङसँग अभिनेता प्रदीप खड्काको जोडी बाँध्दै फिल्म ‘लिलिबिली’ घोषणा गरेका थिए । सम्पूर्ण छायांकन बेलायतमा हुने भएकाले फिल्मका लागि फाइनल भएका प्रमुख कलाकारको भिषा लाग्न जरुरी थियो । प्रदीप र जसितालाई बेलायतले पत्यायो तर रेविकालाई भिषा दिन अस्वीकार गर्यो ।

केही वर्षयता नेपाली फिल्म क्षेत्रमा हिट फिल्मको सिक्वेल वा सिरिज बनाउने राम्रै होडबाजी चलेको छ । बक्सअफिसमा हिट भएको फिल्मको पछाडि कुनै अंक वा नाम थपेपछि नयाँ फिल्ममा जस्तो दुःख गर्नु नपर्ने सोचाइ निर्देशक तथा निर्माताहरुमा व्याप्त छ । यही कारण फिल्म व्यवसायिक रुपमा सफल भएपछि निर्माताहरु स्क्रिप्ट नै तयार नगरी सिक्वेल घोषणा गर्न हतारिन्छन् ।

