Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 7099 - 7104 of 23775
एजेन्सी, मुम्बई, 2021-03-05, शुक्रवार

तपाईंलाई झनक शुक्ला याद छ ? उनले शाहरुख खान, प्रीति जिन्टा र सैफ अली खान अभिनीत फिल्म ‘कल हो ना हो’ मा सानी जिया कपूरको भूमिका निर्वाह गरेकी थिइन् । अब उनी उमेरले २५ वर्षकी भएकी छन् । हालै उनले इन्टरनेटमा पोस्ट गरेको एक भिडियो यतिबेला भाइरल भएको छ । उनले २५ वर्षको उमेरमा आफूले केही पनि कमाउन नसकेको गुनासो पोखेकी छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2021-03-05, शुक्रवार

आउँदो चैत २७ गतेबाट प्रदर्शनमा आउन लागेको लभस्टोरी फिल्म ‘कृष्ण लीला’ को दोस्रो गीत सार्वजनिक भएको छ । यसअघि सार्वजनिक भएको ‘कुनै दिन’ बोलको गीतले राम्रो चर्चा बटुल्न सफल भएपछि निर्माण टिमले शुक्रवार ‘डियर बन्न मन छ’ बोलको रोमान्टिक गीत सार्वजनिक गरेको हो । गीतमा गायक निशान भट्टराई र गायिका समिक्षा अधिकारीले आफ्नो स्वर दिएका छन् ।

फिल्मीखबर, काठमाडौं, 2021-03-05, शुक्रवार

फागुन १९ गतेदेखि जनकपुरमा भइरहेको साहित्य महोत्सवको ‘समाज : सौन्दर्य भित्र र सौन्दर्य बाहिर’ सेसनमा वक्ताको रुपमा उपस्थित भएकी अभिनेत्री सञ्चिता लुईंटेल गम्भीर र भावुक मुद्रामा देखिएकी थिइन् । कार्यक्रम सुरु हुनुभन्दा अगाडि श्रीमानबाट एसिड आक्रमणमा परेर आधा शरीर जलेकी र दाहिने आँखा गुमाएकी आरती साहको पीडा सुन्दा उनका आँखा रसाएका थिए ।

फिल्मीखबर, काठमाण्डौ, 2021-03-05, शुक्रवार

फागुन महिना नेपाली फिल्म प्रदर्शनका लागि उपयुक्त मानिन्छ । यो महिनामा जाडो र गर्मीको सन्तुलन रहने भएकाले दर्शकहरु अल्छी नमानि फिल्म हेर्न हलसम्म आउने सोचाई फिल्मकर्मीहरुमा छ । कोरोना महामारीभन्दा अगाडि फागुन महिनाको हरेक हप्ताको शुक्रवार सिनेमा हलमा नयाँ फिल्मको कमी हुँदैन थियो । एकै हप्ता तीन वटासम्म फिल्म जुध्ने गरेको उदाहरण छ । 

एजेन्सी, मुम्बई, 2021-03-04, बिहिवार

फिल्म ‘बाहुबली’ मा भल्लालदेवको भूमिका निर्वाह गरेपछि चर्चामा आएका अभिनेता राणा दग्गुबाती स्टारर फिल्म ‘हाथी मेरे साथी’ को हिन्दी ट्रेलर सार्वजनिक भएको छ । तीन मिनेटको ट्रेलरमा जंगली हात्तिलाई बचाउन एक व्यक्तिले गरेको संघर्ष देखाइएको छ । ट्रेलरमा दग्गुबातीको अभिनयले मन छुन्छ । ट्रेलरसँगै निर्माण टिमले फिल्मको प्रदर्शन मिति २६ मार्चलाई घोषणा गरेको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2021-03-04, बिहिवार

कोरोनाका कारण नेपालका हरेक क्षेत्र प्रभावित भए । यसबाट फिल्म क्षेत्र पनि अछुतो रहेन । लकडाउन हुनुभन्दा अगावैदेखि फिल्म निर्माण, प्रदर्शन र वितरण ठप्प भएको थियो । करीब ९ महिना फिल्म क्षेत्रमा कुनै गतिविधि भएनन् । जसले गर्दा यस क्षेत्रले अर्बौंको घाटा बेहोर्‍यो । सरकारले छायांकन र हल सञ्चालनको अनुमति दिएपछि भने फिल्म क्षेत्र पुनः जुरमुराउन थालेको छ ।

Results : 7099 - 7104 of 23775
Most Visited News (monthly)