
अन्तर्राष्ट्रिय फिल्मको दोस्रो ठूलो बक्सअफिस बजार मानिने चीनमा केही वर्षयता बलिउड फिल्मले राम्रो उपस्थिति जनाएको छ । ‘बजरंगी भाइजान, दंगल, सिक्रेट सुपरस्टार, हिन्दी मिडियम, अन्धाधुन, हिच्की’ जस्ता फिल्मले चिनियाँ बक्सअफिसमा करोडौं छापे । ७० हजारभन्दा बढी स्क्रिन रहेको चीनमा कुनै पनि फिल्मले प्रदर्शनको पहिलो दिन सय करोडभन्दा बढी छाप्न सक्छ ।

दिनेश राउतको निर्देशनमा बन्न लागेको फिल्म ‘प्रकाश’ को शुभमुहूर्त गरिएको छ । बिहीवार शिवरात्रीको अवसरमा मनकामना मन्दिर पुगेर फिल्मका कलाकार, निर्देशक, निर्माता र प्राविधिक टोलीले क्यामेरा, क्ल्याप र स्क्रिप्ट पूजा गरे । मुहूर्तसँगै फिल्मको जम्बो टिम छायांकनका लागि जुम्ला प्रस्थान गरेको छ । फिल्मको सुरुवातदेखि अन्तिमसम्मको सम्पूर्ण दृश्य त्यही खिचिनेछ ।

अभिनेता तथा निर्देशक निश्चल बस्नेतले नेपाली चलचित्र क्षेत्रको विकासका लागि गठन भएको चलचित्र विकास बोर्डले सूचना तथा सञ्चार मन्त्रालयसँग सम्वन्य गरेर सिनेमा हलमा नेपाली फिल्म रिलिजको वातावरण बनाउनु पर्ने बताएका छन् । अहिले स्टूडियो निर्माण गर्नेभन्दा फिल्म क्षेत्रलाई चलायमान बनाउन फिल्म रिलिजको वातावरण बनाउन आवश्यक रहेको उनको सुझाव छ ।

मल्टीस्टारर फिल्म ‘लप्पन छप्पन २’ को एक्सनले भरिएको ट्रेलर सार्वजनिक भएको छ । बिहीवार महाशिवरात्रीको अवसर पारेर राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ट्रेलरमा पेरिसबाट नेपाल आएको तीन सय मिलियन डलर हत्याउन फिल्मका प्रमुख पात्रहरुले गरेको षड्यन्त्र र संघर्ष देखाइएको छ । प्रोडक्सन भ्यालु निकै उच्च ट्रेलर स्टाइलिस र स्टान्डर्ड छ ।

कोरोनाका कारण ९ महिना फिल्म क्षेत्रमा कुनै प्रकारका गतिविधि भएनन् । फिल्म निर्माण र प्रदर्शन ठप्प हुँदा छायांकन र प्रचार-प्रसारमा भ्याइनभ्याइ हुने कलाकारहरु पनि फुर्सदिला भए । कतिले यो समयलाई सिक्ने अवसरको रुपमा लिए भने कति विवादै विवादको चक्रव्युहमा फसे । ९ महिना लामो वनबास जीवनपछि कलाकारहरु पुनः आफ्नो कर्मथलोमा फर्किन थालेका छन् ।

अभिनेता राजेश हमाल चार वर्षपछि फिल्ममा कमब्याक गर्दैछन् । ‘सकुन्तला’ पछि अफर आएका थुप्रै फिल्म अस्वीकार गरेका उनले गएको महिना फिल्म ‘सत्यम्’ साइन गरेका हुन् । अहिले यो फिल्मको स्क्रिप्टलाई बलियो बनाउन उनी आफैं भिडिरहेका छन् । आउँदो चैत अन्तिम साताबाट छायांकन सुरु हुन लागेको फिल्ममा अनुपविक्रम शाही र पल शाहको पनि अभिनय रहनेछ ।

