
अभिनेता मुकुन भुषाल र अभिनेत्री मेनुका प्रधानले पहिलो पटक सँगै काम गरेको फिल्म ‘गणपति’ को सुटिङ प्याकअप भएको छ । माघ ८ गते बन्दीपूरमा क्यामेरा ‘अन’ भएको फिल्मको हालै मात्र सम्पूर्ण छायांकन पूरा भएको हो ।

प्रदीप बुधवारबाट २९ वर्षमा प्रवेश गरेका छन् । ललितपुरको कुसुन्तीमा सन् १९९२ (२०४८) मार्च १० मा माता सारदा खड्का र पिता टेक बहादुर खड्काको कोखबाट जन्मिएका उनी नेपाली फिल्म क्षेत्रका पढेलेखेका कलाकारमध्ये एक मानिन्छन् । उनले सिक्किम मनिपाल युनिभर्सिटिबाट सम्बन्धन प्राप्त लर्ड बुद्ध फाउन्डेसनबाट सन् २०१७ मा मार्केटिङमा मास्टर्स गरेका थिए ।

अर्जुन कपूर र परिणीति चोपडा अभिनीत फिल्म ‘सन्दिप और पिंकी फरार’ को दोस्रो ट्रेलर सार्वजनिक भएको छ । १ मिनेट ४६ सेकेण्डको ट्रेलरमा फिल्मको मूल द्वन्द्व प्रस्ट्याइएको छैन । अर्जुन र परिणीतिको भेट भएपछि आउने उतार-चढावमा फिल्म केन्द्रित रहेको ट्रेलरबाट बुझ्न सकिन्छ । यशराज फिल्मस्को ब्यानरमा बनेको फिल्म यही १९ मार्चबाट प्रदर्शनमा आउँदैछ ।

कोरोना महामारीभन्दा अगाडि कलाकार छनोटका लागि विरलै अडिसनहरु हुने गरेका थिए । कोरोनाका कारण ९ महिना लामो वनबासपछि भने निर्माणको तयारीमा रहेका प्रायः फिल्मले अडिसन गरिरहेका छन् । फिल्ममा प्रवेश गर्न चाहनेहरुका लागि अडिसन राम्रो प्लेटफर्म मानिन्छ । तर, अडिसनबाट राम्रालाई भन्दा हाम्रालाई छान्ने गरिएको गुनासाहरु पनि सुनिँदै आएको छ ।

अभिनयमा पारंगत मानिने अभिनेता नाजिर हुसेन नयाँ फिल्ममा आबद्ध भएका छन् । ‘क्याप्टेन’ फेम्ड निर्देशक दिवाकर भट्टराईको निर्माण र निर्देशनमा बन्न लागेको लभस्टोरी फिल्म ‘तिमीसँगै हुने मन छ’ मा उनी अनुबन्ध भएका हुन् । केही दिनअघि निर्माण टिमले उनीसँग कागजी सम्झौता गरेको हो । फिल्ममा नाजिरको भूमिका सशक्त रहेको निर्देशक भट्टराईले जानकारी दिए ।

नेपाली फिल्मका अघिल्लो पुस्ताका कलाकारहरु फिल्म निर्माणमा होमिने क्रम बढ्दो छ । करिश्मा मानन्धर, भुवन केसी, निखिल उप्रेती, विराज भट्ट, शिव श्रेष्ठ, आर्यन सिग्देल लगायतले फिल्म निर्माणमा हात हालिसकेका छन् । तर, अभिनयमा झैँ फिल्म निर्माणमा सफलता थोरैले पाएका छन् । अब एक समयका चर्चित अभिनेता धिरेन शाक्यले पनि फिल्म निर्माण गर्ने भएका छन् ।

