Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 7111 - 7116 of 23775
एजेन्सी, मुम्बई, 2021-03-02, मंगलवार

एक समय बलिउडमा आफ्नो बलियो दबदबा बनाएका अभिनेता सुनिल सेट्टीले छोरी अथियापछि छोरा अहान सेट्टीलाई पनि आफूले हिँडेको बाटो (अभिनय) मा ल्याएका छन् । मंगलवार अहान स्टारर पहिलो फिल्म ‘तडप’ को फस्टलुक पोस्टर सार्वजनिक भएको छ । अभिनेता अक्षय कुमारले सामाजिक सञ्जालको माध्यमबाट फिल्मको रोमान्टिक पोस्टर सार्वजनिक गरेका हुन् । 

फिल्मीखबर, काठमाण्डौ, 2021-03-02, मंगलवार

नेपालमा फिल्म पाइरेसीको घटनाले विकराल रुप लिइरहेको छ । हलमा रिलिजकै दिन इन्टरनेटमा फिल्महरु छ्यापछ्याप्ती भेटिने गरेको छ । जसले गर्दा करोडौंको लगानीमा फिल्म बनाउने कयौं निर्माताहरु घर न घाटको भएका छन् । फिल्मका निर्माताले दिएको जाहेरीको आधारमा पाइरेसी गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरिरहे पनि यस प्रकारको घटनामा कमी आएको छैन । 

फिल्मीखबर, काठमाडौं, 2021-03-02, मंगलवार

नेपाली फिल्मका अहिलेका प्रायः गीतमा कविराज गहतराजको कोरियोग्राफी रहने गरेको छ । गीतको भावअनुसार कोरियोग्राफी गर्न सिपालु मानिने उनले हरेक प्रकारका गीतमा नृत्यको रंग छरेका छन् । अब, उनै कविराजले फिल्मको क्याप्टेनसिप सम्हाल्ने भएका छन् । फिल्म ‘मिरर’ बाट उनले निर्देशनमा डेब्यू गर्न लागेका हुन् । यो नाम चलचित्र विकास बोर्डमा दर्ता भइसकेको छ ।

फिल्मीखबर, काठमाडौं, 2021-03-02, मंगलवार

सम्भवतः विश्व फिल्म इतिहासमा पहिलो फिल्म (फस्ट पार्ट) नबन्दै सिक्वेल वा सिरिजको घोषणा र निर्माण भएको उदाहरण छैन । पहिलो पार्टले बक्सअफिसमा नाफाको व्यापार गरेपछि निर्माता/ निर्देशकहरु त्यसको दोस्रो पार्टका लागि अगाडि सर्ने गरेका छन् । तर, नेपालमा एक फिल्मको पहिलो पार्टभन्दा अगाडि दोस्रो पार्ट निर्माण हुने भएको छ । त्यो फिल्म हो- ‘गोर्खा वारियर २’ ।

फिल्मीखबर, काठमाडौं, 2021-03-01, सोमवार

विश्वभर महामारीको रुपमा फैलिएको कोभिड १९ का कारण सन् २०२० बलिउडका लागि निकै खराब रह्यो । २०२१ भने बलिउडलाई फलदायी वर्ष सावित हुने देखिएको छ । किनकि, यस वर्ष कोरोनाका कारण रोकिएका र हाल छायांकन भइरहेका ठूला फिल्महरु प्रदर्शनमा आउँदैछन् । नयाँ वर्षदेखि एकपछि अर्का बलिउड फिल्महरुले प्रदर्शन मिति घोषणा गरिरहेका छन् । 

फिल्मीखबर, काठमाडौं, 2021-03-01, सोमवार

अध्ययनका लागि विदेशिने नेपाली विद्यार्थीहरुको विषयवस्तुमा निर्माण भएको नारायण रायमाझी निर्देशित फिल्म ‘परदेशी २’ अमेरिकामा पनि छायांकन गरिएको छ । फिल्मको छायांकनका लागि गएको हप्ता निर्देशक रायमाझी अमेरिका उडेका थिए । अमेरिकाको बाल्टिमोरमा रहेको नेपाल हाउस लगायतका विभिन्न स्थानमा फिल्मको छायांकन भएको उनले जानकारी दिए ।

Results : 7111 - 7116 of 23775
Most Visited News (monthly)