Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 6931 - 6936 of 23775
फिल्मीखबर, काठमाडौं, 2021-04-23, शुक्रवार

मदन घिमिरेको निर्देशन रहने फिल्म ‘आँधी तुफान २’ को सुटिङ सुरु भएको छ । बिहीबार चाबहिलस्थित एक पार्टी प्यालेसमा क्यामेरा पूजा गर्दै फिल्मको छायांकन सुरु गरिएको हो ।

फिल्मीखबर, काठमाडौं, 2021-04-22, बिहिवार
मदनकृष्ण र केकीलाई कोरोना संक्रमण भएपछि अभिनेत्री करिश्मा मानन्धर एकान्तबास बसेकी छन् । उनले फेसबुकमार्फत् यसबारेमा जानकारी दिएकी छन् । उनले कोरोनालाई परास्त गर्न दिनहुँ बाफ लिन पनि सुझाव दिएकी छन् । 
फिल्मीखबर, काठमाडौं, 2021-04-22, बिहिवार

अभिनेता दयाहाङ राई र अभिनेत्री प्रकृति श्रेष्ठको प्रमुख भूमिका रहेको फिल्म ‘बिहे पास’ को पहिलो चरणको छायांकन पूरा भएको छ । गत चैत १३ गते विराटनगरमा मुहूर्त गर्दै छायांकन सुरु भएको फिल्मको अब एक गीत र दुई सिन मात्र खिच्न बाँकी रहेको निर्देशक प्रवेश पौडेलले बताए । फिल्मको पहिलो सेड्युल सकेर कलाकार र प्राविधिक टोली राजधानी फर्किएको छ ।

एजेन्सी, मुम्बई, 2021-04-22, बिहिवार

सुपरस्टार सलमान खान अभिनीत फिल्म ‘राधे : योर मोस्ट वान्टेड भाई’ को ट्रेलर बिहीवार सार्वजनिक भएको छ । ट्रेलर एक्सनले भरिएको छ । प्रभु देवा निर्देशित फिल्ममा सलमान स्पेशल कपको भूमिकामा छन्, जसलाई मुम्बईमा फैलिएको ड्रग्सको धन्दा र क्राइम रेटको न्यूनिकरणको जिम्मेवारी सुम्पिएको हुन्छ । ट्रेलर हेर्दा २००९ मा रिलिज भएको फिल्म ‘वान्टेड’ को झल्को आउँछ ।

फिल्मीखबर, काठमाडौं, 2021-04-22, बिहिवार

मौसम परिवर्तनको समय भएकोले सामान्य रुघाखोकी र ज्वरो आउनु स्वभाविक नै हो । तर, कोरोना महामारीपछि सामान्य रुघाखोकी लाग्दा समेत मानिसहरु कोरोना नै हो भनेर डराउने गरेका छन् । कोरोनाको लक्षण र रुघाखोकीका लक्षणहरू मिल्दाजुल्दा भएकाले मानिसहरु झुकिन्छन् र आत्तिन्छन् । कतिमा सामान्य रुघाखोकी लाग्दा पनि कोरोना संक्रमण देखिएको छ ।

एजेन्सी, मुम्बई, 2021-04-21, बुधवार

सलमानले बुधवार आफू अभिनीत नयाँ फिल्म ‘राधे : योर मोस्ट वान्टेड भाई’ निर्धारित मितिमै प्रदर्शन गर्ने घोषणा गरेका छन् । बिहीवार फिल्मको ट्रेलर रिलिज गरिँदैछ ।

Results : 6931 - 6936 of 23775
Most Visited News (monthly)