
फिल्म निर्माता तथा वितरक गोविन्द शाहीलाई काठमाडौं जिल्ला अदालतले सफाइ दिएको छ । मंगलवार ठगी मुद्धामा उनलाई अदालतले ‘क्लिन चिट’ दिएको हो । फिल्म ‘लिलिबिली’ बाट उठेको ८७ लाख ७४ हजार ७ सय ६५ रुपैयाँ (शेयर) नदिएको र नदेखाएको भन्दै २०७६ को कात्तिकमा निर्देशक मिलन चाम्स र निर्माता सुदीप खड्काले उनीविरुद्ध प्रहरीमा उजुरी दिएका थिए ।

फिल्म ‘रणवीर’ बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी सुपुष्पा भट्टले इन्गेजमेन्ट गरेकी छन् । बुधवार ‘कबड्डी’ निर्माता रौनिक विक्रम कँडेलसँग उनले औंठी साटेकी हुन् । काठमाडौंको गैरीधारास्थित ‘सिल्भर वक बैंक्वेट’ मा सम्पन्न इन्गेजमेन्ट समारोहमा दुई पक्षका परिवारको मात्र उपस्थिति रहेको थियो । एक वर्षदेखि प्रेममा रहेका सुपुष्पा र रौनकले यसै वर्ष विवाह गर्ने जानकारी प्राप्त छ ।

निर्देशक आकाश अधिकारी र अभिनेत्री उमा गिरीले नयाँ फिल्ममा सहकार्य गर्ने भएका छन् । केही दिन अगाडि सार्वजनिक भएको ‘त्यो तिम्रो चोखो प्रेमको नजरमा’ गीतमा अनस्क्रिन रोमान्स गरेका उनीहरुले संयुक्त रुपमा नयाँ फिल्म बनाउन लागेका हुन् । उमाका अनुसार, अहिले फिल्मको स्क्रिप्टमा काम भइरहेको छ । फिल्मलाई नेपाल र सिक्किममा खिचिने उनले बताइन् ।

अभिनेता तथा चर्चित गायक प्रशान्त तामाङलाई मातृशोक परेको छ । उनकी आमा रुपा तामाङको कोरोना भाइरसका कारण निधन भएको जानकारी प्राप्त छ । दार्जिलिङको एक अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको हो । कोरोना संक्रमणका कारण निधन भएकाले प्रशान्तले अन्तिम पटक आमाको मुख समेत हेर्न पाएनन् । आमाको निधनले उनी विक्षिप्त भएका छन् ।

फिल्ममा प्रवेश गर्न जति कठोर संघर्ष गर्नुपर्छ, त्योभन्दा मुश्किल छ यसैमा लामो रेसको घोडा बन्न । नेपाली फिल्ममा वर्षेनी नयाँ अनुहारको प्रवेश बढ्दो छ । पछिल्लो समय हरेक नयाँ फिल्ममा नायक वा नायिका ‘फ्रेस फेस’ हुने गरेका छन् । तर, सफलता भने एकाधले मात्र पाउँछन् । अरु गुमनाम झैँ हुन्छन् । पहिलो फिल्मबाट चम्किएका र हराएका अनुहार यहाँ अनगिन्ती छन् ।

चिनियाँ मुलकी निर्देशक क्लोइ झाओले ९३औं अस्कर अवार्डमा इतिहास रचेकी छन् । उनी निर्देशित फिल्म ‘नोम्याडल्यान्ड’ ले उत्कृष्ट निर्देशक, उत्कृष्ट अभिनेत्री र उत्कृष्ट फिल्म गरी तीन महत्त्वपूर्ण अवार्ड आफ्नो पोल्टामा पारेको छ । अस्करको इतिहासमा उत्कृष्ट निर्देशकको अवार्ड जित्ने उनी दोस्रो महिला हुन् । यसअघि निर्देशक क्याथरिन बिगलोले यो विधामा अवार्ड जितेकी थिइन् ।

