Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

गीत खिच्न काठमाडौं फर्कियो ‘बिहे पास’ टिम

फिल्मीखबर, काठमाडौं, 2021/04/22
 
अभिनेता दयाहाङ राई र अभिनेत्री प्रकृति श्रेष्ठको प्रमुख भूमिका रहेको फिल्म ‘बिहे पास’ को पहिलो चरणको छायांकन पूरा भएको छ । गत चैत १३ गते विराटनगरमा मुहूर्त गर्दै छायांकन सुरु भएको फिल्मको अब एक गीत र दुई सिन मात्र खिच्न बाँकी रहेको निर्देशक प्रवेश पौडेलले बताए । फिल्मको पहिलो सेड्युल सकेर कलाकार र प्राविधिक टोली राजधानी फर्किएको छ ।
 
प्रवेशका अनुसार, फिल्मको गीत र दुई सिन काठमाडौंमा नै खिचिनेछ । अहिलेसम्मको कामबाट आफू सन्तुष्ट रहेको उनले बताए । अन्तरजातीय विवाहको कथामा बनेको फिल्मले दयाहाङ र प्रकृतिको बैबाहिक जीवनमा आउने उतार-चढावलाई पेश गर्नेछ । प्रवेशले यसअघि फिल्म ‘अमेरिका बोइज’ को निर्देशन गरेका थिए, जसमा उनको निर्देशकिय कौशलको प्रशंसा भएको थियो ।
 
रोहित कट्टेलको प्रस्तुतिमा रत्न श्रेष्ठ कार्यकारी निर्माता रहेको फिल्मको सह–निर्मातामा ग्याल्जेन लामा छन् । आकाश बराल, सजन काफ्ले र मर्रे केरको लेखन रहेको फिल्ममा आकाश बराल र सजन काफ्लेको पटकथा छ । यो फिल्मबाट प्रकृतिले ६ वर्षपछि अभिनयमा कमब्याक गरेकी हुन् । ‘होस्टेल’ बाट नायिकाको रुपमा डेब्यू गरेकी उनको पछिल्लो रिलिज फिल्म ‘उत्सव’ हो ।
Most Visited News (monthly)