
निर्देशक दीवाकर भट्टराई बैशााख ५ गतेबाट फिल्म ‘तिमीसँगै हुने मन छ’ को छायांकन सुरु गर्ने तयारीमा थिए । तर, कोरोनाको दोस्रो लहर सुरु भएपछि फिल्मको छायांकन पोस्टपोन्ड गरिएको छ ।

अभिनेत्री मिरुना मगर आफ्नो करिअरलाई अगाडि बढाउन एउटा हिट फिल्मको पखाईमा छिन् । डेब्यू फिल्म ‘लालपूर्जा’ देखि पछिल्लो रिलिज फिल्म ‘चच हुईं’ सम्म आइपुग्दा सफलताबाट बन्चित भएकी उनी अभिनयको मामलामा भने अब्बल मानिन्छिन् । उनको सुन्दरताको पनि निकै प्रशंसा हुने गरेको छ । तर, लगातार फिल्म असफल हुँदा उनको करिअरमा संकट छाएको छ ।

विश्वको सबैभन्दा प्रतिष्ठित मानिएको अस्कर अवार्डको ९३औं संस्करण सोमवार अमेरिकाको क्यालिफोर्नियास्थित डल्बी थिएटरमा सम्पन्न भएको छ । अस्करमा फिल्म ‘नोम्याडल्यान्ड’ बाट क्लोइ चाओले उत्कृष्ट निर्देशकको अवार्ड जितेकी छन् । अस्करको इतिहासमा उत्कृष्ट निर्देशकको अवार्ड जित्ने उनी दोस्रो महिला हुन् । त्यस्तै, उनी पहिलो अश्वेत एवं एसियाली महिला बनेकी छन् ।

एक समय बलिउडमा आफ्नो बलियो पकड बनाएका अभिनेता सुनिल सेट्टीले फिल्म ‘बलवान’ बाट बलिउडमा डेब्यू गरेका हुन् । ‘मोहरा, दे दना दन, जानी दुश्मन, बोर्डर, सपूत, हेरा फेरी’ जस्ता फिल्मबाट उनले ठूलो नाम कमाए । एक्सन नायकको छवि बनाएका उनले सलमान खान, शाहरुख खान, आमिर खान, अजय देवगन, अक्षय कुमारको जसरी पर्दामा राज गर्न भने सकेनन् ।

अनुप बराल निर्देशित फिल्म ‘दोख’ को पहिलो गीत सार्वजनिक भएको छ । २०७२ सालमा गएको विनाशकारी भूकम्प बैशाख १२ गतेको दिन पारेर निर्माण टिमले आइतवार फिल्ममा समावेश ‘रातैले बुन्छ’ बोलको गीत सार्वजनिक गरेको हो । यो फिल्मको छायांकन भइरहेको समयमा भूकम्प गएको थियो । यही कारण गीत पनि भूकम्प गएको दिन पारेर सार्वजनिक गरिएको हो ।

नेपाली फिल्मकी कान्छी नम्रता श्रेष्ठ आफूलाई अभिनेत्रीको रुपमा स्थापित गर्न संघर्ष गरिरहेकी छन् । उनले फिल्म ‘गाँठो’ बाट अभिनय करिअर सुरु गरेकी हुन् । तर, उनलाई पहिलो गाँसमै ढुंगा लाग्यो । अर्थात्, समीक्षात्मक र व्यापारिक दुवै रुपमा फिल्म असफल ठहरियो । यसपछि उनले फिल्म ‘जानी नजानी’ मा काम गरिन् । यो फिल्ममा उनी सहायक अभिनेत्रीको रुपमा थिइन् ।

