
आफैंमा एउटा ब्रान्ड नाम हो, ‘कबड्डी’ । नेपाली फिल्ममा मौलिक कथाको खडेरी परेको समयमा यो फिल्मले केही हदसम्म त्यसको परिपूर्ति गरेको थियो । यसकारण पनि ‘कबड्डी’ का सिरिजप्रति दर्शकले आँखा चिम्लिएर भरोसा गर्ने गरेका छन् । यसका तीनवटै सिरिजले बक्सअफिसमा गरेको सानदार कमाईले पनि यो फिल्मप्रति दर्शकको कुन हदसम्म विश्वास छ भन्ने प्रस्ट्याउँछ ।

अभिनेता आर्यन सिग्देलभन्दा सलोन बस्नेत उमेरले धेरै कान्छा छन् । तर, पछिल्लो समय यी दुईको मित्रता हेर्दा लाग्छ, उनीहरु एउटै आँगनमा खेलेर हुर्किएका हुन् । फिल्म ‘हजार जुनीसम्म’ को सुटिङ सेटबाट उनीहरुको मित्रता प्रगाढ बनेको हो । यो फिल्मको सेटमा आर्यन अरुभन्दा सलोनसँग बढी नजिक थिए । फिल्मको प्रचारमा पनि उनीहरु साथमै हिँडे । भलै, फिल्म चलेन ।

विश्वमा कोरोनाको दोस्रो लहर सुरु भएको छ । छिमेकी मुलुक भारतमा दिनहुँ २ लाखभन्दा बढी संक्रमित भेटिन थालेका छन् । नेपालमा पनि संक्रमण दर बढ्दो छ । एकै दिनमा एक हजारभन्दा बढीमा संक्रमण देखिन थालेपछि सरकारले यसको रोकथामका लागि मानिसहरुको अत्याधिक भीडभाड रहने सिनेमा हलसहित विभिन्न क्षेत्रलाई बैशाख मसान्तसम्म बन्द गर्ने निर्माण गरेको छ ।

अजय देवगनका लागि आजको दिन निकै विशेष छ । उनकी छोरी न्यासाको मंगलवार जन्मदिन हो । छोरीको जन्मदिनको अवसरमा अजयले आफ्नो नयाँ प्रोजेक्टको घोषणा गरेका छन् । उनी क्राइम थ्रिलर सिरिज ‘रुद्र : द एज अफ डार्कनेस’ बाट ओटीटी प्लेटफर्ममा डेब्यू गर्दैछन् । उनले मंगलवार सामाजिक सञ्जालमार्फत् उक्त सिरिजको पोस्टर सार्वजनिक गरेका छन् ।

नेपालमा कोभिडको संक्रमण बढ्न थालेपछि कलाकारहरु पनि यसको चपेटामा पर्न थालेका छन् । सोमवार हास्यकलाकार मदनकृष्ण श्रेष्ठसहित परिवारका पाँचै जनालाई कोरोना पुष्टि भएको थियो । यस्तै, अभिनेत्री केकी अधिकारीलाई पनि कोरोना संक्रमण भएको छ । फिल्म ‘घिन्ताङ’ को छायांकनमा निस्कनका लागि पीसीआर परीक्षण गर्दा उनको रिपोर्ट पोजेटिभ आएको हो ।

अभिनेता अनमोल केसी स्टारर फिल्म ‘कृ’ बाट लिड अभिनेत्रीको रुपमा ब्रेक पाएकी अदिती बुढाथोकीले सोमवारबाट फिल्म ‘बाबरी’ को छायांकन सुरु गरेकी छन् । यो फिल्मबाट उनले तीन वर्षपछि अभिनयमा पुनरागमन गर्न लागेकी हुन् । यसमा उनको जोडी अभिनेता धिरज मगरसँग बाँधिएको छ । त्रिकोणात्मक प्रेमकथामा बन्ने फिल्मको निर्देशन सुरेन्द्र पौडेलले गरिरहेका छन् ।

