Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

एक्सनले भरिएको सलमानको ‘राधे’ ट्रेलर

एजेन्सी, मुम्बई, 2021/04/22
 
सुपरस्टार सलमान खान अभिनीत फिल्म ‘राधे : योर मोस्ट वान्टेड भाई’ को ट्रेलर बिहीवार सार्वजनिक भएको छ । ट्रेलर एक्सनले भरिएको छ । प्रभु देवा निर्देशित फिल्ममा सलमान स्पेशल कपको भूमिकामा छन्, जसलाई मुम्बईमा फैलिएको ड्रग्सको धन्दा र क्राइम रेटको न्यूनिकरणको जिम्मेवारी सुम्पिएको हुन्छ । ट्रेलर हेर्दा २००९ मा रिलिज भएको फिल्म ‘वान्टेड’ को झल्को आउँछ ।
 
ट्रेलरमा सलमानले पुलिसको बर्दी विना अपराधिक क्रियाकलाप गर्नेलाई ठेगान लगाएका छन् । फिल्ममा अभिनेत्री दिशा पाटनीसँग सलमानको जोडी बाँधिएको छ भने अभिनेता रणदीप हुड्डा भिलेनको भूमिकामा छन् । गोविन्द नामदेव र ज्याकी श्राफको पनि फिल्ममा अभिनय रहेको छ । इदको छेको पारेर यही १३ मेमा थिएटरसँगै डिजिटल प्लेटफर्ममा फिल्म एकसाथ रिलिज हुनेछ । 
 
पोस्ट प्रोडक्सनकै क्रममा जी स्टूडियोजले यो फिल्मको सेटेलाइट, थिएट्रिकल, डिजिटल र म्यूजिक राइट्स २ सय ३० करोडमा किनेको थियो । योसँगै फिल्मको लगानी सुरक्षित भएको बताइएको छ । कोरोनाका कारण भारतका कयौं राज्यमा सिनेमा हलहरु आंशिक रुपमा बन्द छन् । यसका बावजूद पनि सलमानले ‘राधे’ लाई यसै वर्षको इदमा रिलिज गर्ने फैसला लिएका छन् ।
 
ट्रेलर हेर्नुहोस् :-
 

Most Visited News (monthly)