
अभिनेत्री गौरी मल्लले धरहराले पुनः एकपटक शाानले आफ्नो शिर ठाडो बनाउन सक्षम भएकोमा खुसी व्यक्त गर्दै धरहरा उठे पनि आफ्नो ओठमा गर्वको मुस्कान नभएको बताएकी छन् ।

गत वर्ष कोरोनाका कारण देशका विभिन्न क्षेत्र प्रभावित भए । तर, लकडाउनपछि प्रायः सबै क्षेत्र तंग्रिए, फिल्म क्षेत्रबाहेक । कोरोनाका कारण ९ महिना बन्द भएर गत पुष १० गतेबाट खुलेका सिनेमा हल सरकारले फेरि बन्द गरेपछि हल व्यवसायीको करोडौंको लगानी जोखिममा परेको छ । त्यस्तै, निर्माण भएको फिल्म प्रदर्शन गर्न नपाउँदा निर्माताहरु पनि ठूलो मारमा छन् ।

अभिनेता दयाहाङ राईले फिल्म ‘बिहे पास’ को पहिलो चरणको छायांकन पूरा गरेर काठमाडौं फर्केसँगै उनको मुख्य भूमिका रहने अर्को फिल्म ‘कबड्डी ४’ को मुहूर्त गरिएको छ । शनिवार नक्सालस्थित भाटभटेनी मन्दिरमा क्यामेरा र स्क्रिप्ट पूजा गर्दै फिल्मको मुहूर्त गरिएको हो । मुहूर्त समारोहमा फिल्मका कलाकारदेखि निर्देशक, निर्माता, छायाँकारसम्मको उपस्थिति रहेको थियो ।

बलिउड सुपरस्टार सलमान खान अभिनीत बहुप्रतिक्षीत फिल्म ‘राधे : योर मोस्ट वान्टेड भाई’ को ट्रेलर बिहीवार सार्वजनिक भयो । एक्सनले भरिएको ट्रेलरलाई दर्शकले निकै रुचाएका छन् । भारतसहित विभिन्न देशमा फिल्मको ट्रेलरले यूट्युब ट्रेन्डिङको पहिलो स्थान कब्जा गरेको छ । तर, केही व्यक्तिले सामाजिक सञ्जालमा फिल्मलाई ‘बाइकट’ गर्न भन्दै अभियान नै चलाएका छन् ।

‘नेपाल अफ्रिका फिल्म फेस्टिभल २०२१’ (नाफ) शुक्रवारबाट काठमाडौंमा सुरु भएको छ । काठमाडौंको जमलस्थित राष्ट्रिय नाचघरमा सुरु भएको फेस्टिभलको परराष्ट्रमन्त्री तथा नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले उद्घाटन गरेका हुन् । कपनको फैकामा रहेका कलेज अफ जर्नालिज्म एन्ड मास कम्युनिकेशनले आयोजना गरेको फेस्टिभल बैशाख १२ गतेसम्म चल्नेछ ।

कोरोनाको जोखिम बढ्दै गएपछि नेपाल अन्तराष्ट्रिय फिल्म फेस्टिभल (निफ) को चौथो संस्करण यसपटक अनलाइन माध्यमबाट आयोजना हुने भएको छ । सरकारले २५ जनाभन्दा धेरै उपस्थित हुन नपाउने मापदण्ड जारी गरेपछि ‘निफ’ अनलाइनबाट हुन लागेको हो । सरकारको निर्देशन अनुसार नै सम्पूर्ण मापदण्ड अपनाएर फेस्टिभलको उद्घाटन गर्ने आयोजकले जनाएको छ ।

