Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

करिश्मा किन बसिन् एकान्तबास ?

फिल्मीखबर, काठमाडौं, 2021/04/22
 
नेपालमा कोरोना संक्रमित हुनेको संख्या दिनहुँ बढिरहेको छ । गएको केही महिनामा घटेको संक्रमण चैत्र अन्तिमबाट पुनः ह्वात्तै बढेको हो । संक्रमण भयावह रुपमा फैलिन थालेपछि आम मानिससँगै कलाकारहरु पनि यसबाट आक्रान्त हुन थालेका छन् । फिल्म तथा म्यूजिक भिडियोको सुटिङमा भीडभाड रहने भएकाले कोरोना संक्रमित हुने कलाकारहरुको संख्या बढिरहेको छ । 
 
केही दिनअघि कलाकार मदनकृष्ण श्रेष्ठलाई कोरोना संक्रमण भयो । अहिले उनी घरमै स्वास्थ्य लाभ गरिरहेका छन् । त्यस्तै, अभिनेत्री केकी अधिकारीको पनि कोरोना रिपोर्ट पोजेटिभ आएको थियो । तर, तीन दिनपछि पुनः पिसिआर परीक्षण गराउँदा उनमा संक्रमण देखिएन । मदनकृष्ण र केकीलाई कोरोना संक्रमण भएपछि अभिनेत्री करिश्मा मानन्धर एकान्तबास बसेकी छन् । 
 
मदनकृष्ण र केकीलाई कोरोना पुष्टि हुनुभन्दा दुई दिन अगाडि उनीहरुसँग करिश्माले एक म्यूजिक भिडियोमा एकसाथ काम गरेकी थिइन् । यही कारण उनले कोरोनाको कुनै लक्षण नदेखिए पनि केही दिन एकान्तमा बस्ने निर्णय लिएकी हुन् । उनले फेसबुकमार्फत् यसबारेमा जानकारी दिएकी छन् । उनले कोरोनालाई परास्त गर्न दिनहुँ बाफ लिन पनि सुझाव दिएकी छन् । 
 
हाल प्लस टूमा अध्ययनरत करिश्माले फिल्ममा अभिनय नगरेको लामो समय भइसकेको छ । यतिबेला उनी नयाँ फिल्म निर्माणको तयारीमा छिन् । ‘बनवास’ नाम राखिएको फिल्ममा उनकी छोरी कविता मानन्धरले अभिनय गर्दैछिन् । फिल्ममा सरोज खनालको पनि अभिनय रहनेछ । फिल्मबाट आएको प्रस्ताव नकार्दै आएकी करिश्मा म्यूजिक भिडियोमा भने बाक्लै देखिरहेकी हुन्छिन् ।
 

Most Visited News (monthly)