Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 6949 - 6954 of 23775
एजेन्सी, मुम्बई, 2021-04-18, आईतवार

बलिउड अभिनेता अजय देवगन स्टारर फिल्म ‘भुज : प्राइड अफ इन्डिया’ को प्रदर्शनमा ढिलाइ भइरहेको छ । यो फिल्मलाई यसपालीको आइपिएलको समयमा ओटीटी प्लेटफर्म हटस्टारमा रिलिज गर्ने तयारी गरिएको थियो । यसका लागि हटस्टारले अजयसँग एक प्रमोसनल एड पनि बनाएको थियो । तर, अहिलेसम्म यो फिल्मको पोस्ट प्रोडक्सनको काम नै सकिएको छैन । 

फिल्मीखबर, काठमाण्डौ, 2021-04-18, आईतवार

अभिनय र सुन्दरताको प्रशंसा हुने अभिनेत्रीमा पर्छिन्, मिरुना मगर । फिल्म ‘लालपूर्जा’ बाट अभिनय करिअर सुरु गरेकी उनलाई पहिलो गाँसमै ढुंगा लागेको थियो । सौगात मल्ल, विपिन कार्की जस्ता कलाकारको अभिनय हुँदा पनि फिल्मले हलमा सिन्को भाँचेन । फिल्म नचल्दा मिरुना पनि ओझेलमा परिन् । यसपछि उनले फिल्म ‘रोज’ मा प्रदीप खड्कासँग काम गरेकी थिइन् ।

फिल्मीखबर, काठमाडौं, 2021-04-18, आईतवार

सफल निर्देशक विकासराज आचार्य लकडाउनभन्दा अगावै फिल्म ‘नाईं नभन्नू ल ६’ निर्माणको तयारीमा थिए । फिल्ममा अनुभव रेग्मी र सेड्रिना शर्मालाई अनुबन्ध गरेर स्क्रिप्टमा बसेका उनी अहिलेसम्म छायांकनमा निस्कन सकेका छैनन् । सेड्रिना ठूलो भएपछिको भूमिकामा अभिनय गर्ने अभिनेत्रीको खोजीमा रहेका उनले तत्काललाई यो फिल्मको निर्माण पछाडि सारेका छन् 

फिल्मीखबर, काठमाडौं, 2021-04-18, आईतवार

अभिनेता विपिन कार्की फिल्म छनौटमा निकै चुजी मानिन्छन् । उनलाई संख्या बढाउन फिल्म गर्नु छैन । स्क्रिप्ट र पात्र चित्त नबुझेसम्म उनी फिल्म गर्न तयार हुँदैनन् । उनी एउटा फिल्ममा निर्वाह गरिसकेको भूमिका दोहोर्‍याएर अर्को फिल्ममा पनि गर्दैनन् । प्रत्येक फिल्ममा फरक चरित्र र गेटअप उनका लागि अनिवार्य हो । यही कारण उनलाई ‘भर्सटायल’ अभिनेता भन्ने गरिन्छ  । 

फिल्मीखबर, काठमाडौं, 2021-04-17, शनिवार

‘नेपाल अफ्रिका फिल्म फेस्टिभल २०२१’ (नाफ) यही १० बैशाखदेखि १२ गतेसम्म आयोजना हुने भएको छ । काठमाडौंको जमलस्थित राष्ट्रिय नाचघरमा आयोजना हुने महोत्सव नवौं संस्करण हो । कपनको फैकामा रहेका कलेज अफ जर्नालिज्म एन्ड मास कम्युनिकेशनको आयोजनामा हुने महोत्सवमा नेपाल र अफ्रिकाको फिल्म एवं संस्कृतिको बारेमा एक दिने बहस हुनेछ ।

फिल्मीखबर, काठमाडौं, 2021-04-17, शनिवार

मुकुन्द भट्टको निर्देशनमा बनेको फिल्म ‘लप्पन छप्पन २’ कोरोनाका कारण प्रदर्शनमा आउन सकेको छैन । यो फिल्मको प्रदर्शन अन्योल बनेपछि मुकुन्द नयाँ फिल्मको तयारीमा जुटेका छन् । गत वर्ष उनले अभिनेता पुष्प खड्कालाई फिल्ममा साइन गराएका थिए । यो फिल्ममा अभिनेता द्वय सौगात मल्ल र निश्चल बस्नेतले पनि अभिनय गर्ने पक्कापक्की भइसकेको जानकारी प्राप्त छ ।

Results : 6949 - 6954 of 23775
Most Visited News (monthly)