Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 6943 - 6948 of 23775
फिल्मीखबर, काठमाण्डौ, 2021-04-20, मंगलवार

पछिल्लो समय विश्वमा ओटीटी प्लेटफर्म लोकप्रिय हुँदैछ । सीमित पैसामा घरमै बसेर विश्वमा बनेका फिल्म हेर्न सकिने भएकाले ओटीटीतर्फ दर्शकको आकर्षण बढ्दो छ । डिजिटल प्लेटफर्मले निर्मातालाई समेत ठूलो राहत दिएको छ । कोरोना महामारीपछि नेपालमा पनि डिजिटल प्लेटफर्मको विकास भइरहेको छ । यसमध्ये एक हो, ‘सिनेमाघर एप् । यो नेपालको पहिलो ओटीटी हो ।

एजेन्सी, मुम्बई, 2021-04-19, सोमवार

अभिनेता अरशद वारसी १९ अप्रिल (आज) आफ्नो ५३औं जन्मदिन मनाइरहेका छन् । उनले आफ्नो फिल्मी करिअरमा ‘मुन्ना भाई एमबीबीएस’ मा सर्किटदेखि ‘गोलमाल’ मा माधवसम्मको चरित्र निर्वाह गरेर दर्शकलाई मनोरञ्जन दिएका छन् । तर, उनको जिन्दगीको सफर भने त्यति सहज थिएन । १४ वर्षको हुँदा माता-पिताको मृत्यु भएपछि उनको जीवनमा निकै उतार-चढाव आए ।

फिल्मीखबर, काठमाण्डौ, 2021-04-19, सोमवार

चर्चित हास्यकलाकार मदनकृष्ण श्रेष्ठलाई कोरोना संक्रमण पुष्टि भएको छ । उनीसहित परिवारका पाँचै जना सदस्यलाई कोरोना पोजेटिभ देखिएको हो । सामाजिक सञ्जाल फेसबुकमार्फत् उनले आफूसहित छोरा, छोरी, बुहारी र नातिनीलाई कोरोना संक्रमण देखिएको जानकारी दिएका छन् । 

फिल्मीखबर, काठमाडौं, 2021-04-19, सोमवार

पछिल्ला दिनमा छिमेकी मुलुक भारतमा कोरोना संक्रमण तीव्र रुपमा फैलिइरहँदा नेपालमा पनि खतराको संकेत देखिन थालेको छ । दिनमै एक हजारभन्दा बढी संक्रमित भेटिन थालेपछि सरकारले विद्यालय, सिनेमा हल लगायतका क्षेत्रलाई बैशाख अन्तिमसम्म बन्द गर्ने निर्णय गरेको छ । सरकारले सिनेमा हलबाहेक फिल्म क्षेत्रका अन्य गतिविधिमा भने प्रतिबन्ध लगाएको छैन ।

फिल्मीखबर, काठमाडौं, 2021-04-19, सोमवार

चकलेटी नायकको रुपमा चिनिन्छन्, आर्यन सिग्देल । लभर ब्वाईको भूमिकामा अत्याधिक रुचाइएका उनलाई एक समय बक्सअफिसका हिट मेशिन भनिथ्यो । उनको नामैले फिल्म चल्थ्यो । हरेक निर्देशक/निर्माताको रोजाईमा उनी थिए । लभस्टोरी फिल्ममा त उनकै हालीमुहाली थियो । अभिनयमा पनि अब्बल मानिने उनले करीब एक दशक करिअर फर्केर हेर्नु परेन ।

फिल्मीखबर, काठमाडौं, 2021-04-19, सोमवार

कोरोनाका कारण सरकारले २०७६ चैतमा लकडाउन गरेपछि देशका सबै क्षेत्र बन्द भए । सिनेमा हल सञ्चालनमा भने लकडाउनभन्दा अगावै प्रतिबन्ध लगाइएको थियो । दोस्रो चरणको बन्दाबन्दीपछि प्रायः सबै क्षेत्र खुले । तर, ९ महिनादेखि बन्द रहेका सिनेमा हल खोल्न सरकारले चासो नदेखाएपछि गत पुष १० गते हल सञ्चालकहरुले एकतर्फी रुपमा हल खोल्ने निर्णय गरे ।

Results : 6943 - 6948 of 23775
Most Visited News (monthly)