Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 6763 - 6768 of 23775
फिल्मीखबर, काठमाडौं, 2021-06-15, मंगलवार

नेपाली फिल्म क्षेत्रमा दबदबा कायम गरेको दीपकराज गिरी र दीपाश्री निरौला समुहको एउटा बलियो खब्बा हुन्, जितु नेपाल । यो समुहको पहिलो फिल्म ‘६ एकान ६’ देखि पछिल्लो फिल्म ‘छ माया छपक्कै’ सम्म उनले अभिनय गरेका छन् । अभिनयसँगै फिल्म निर्माणमा पनि सहकार्य गर्दै आएका जितु अब भने ‘छक्का पञ्जा’ समुहले निर्माण गर्ने नयाँ फिल्ममा दोहोरिने सम्भावना न्यून छ ।

फिल्मीखबर, काठमाडौं, 2021-06-14, सोमवार

नेपाली फिल्मका पुराना छायाँकार राम शंकर प्रधानको निधन भएको छ । उनको आइतवार साँझ साढे १० बजे वीर अस्पतालमा निधन भएको हो । लामो समयदेखि डायलासिस गराउँदै आएका ७२ वर्षिय प्रधानको सोमवार बिहान पशुपति आर्यघाटमा हिन्दू परम्पराअनुसार अन्त्येष्टि गरिएको छ ।

एजेन्सी, मुम्बई, 2021-06-14, सोमवार

अभिनेता सुशान्त सिंह राजपूतले यो दुनियाँलाई छाडेर गएको सोमवारबाट एक वर्ष भएको छ । आफू बस्दै आएको अपार्टमेन्टमा झुन्डिएको अवस्थामा फेला परेका उनले आफ्नो छोटो करिअरमा एकसेएक उत्कृष्ट र सुपरहिट फिल्म दिएका थिए । उनले आफ्नो करिअरमा कयौं फिल्म छाडेका पनि थिए, जुन पछि दर्शकलाई निकै मनपर्‍यो । केही फिल्म बक्सअफिसमा सुपरहिट पनि भए ।

फिल्मीखबर, काठमाडौं, 2021-06-14, सोमवार

अभिनेत्री आँचल शर्माले निशालाई एक लाख सहयोग गर्ने भएकी छन् । आइतवार उनलाई भेट्न अस्पताल पुगेकी आँचलले आउँदो शनिवार उनका पितालाई भेटेर सहयोग रकम हस्तान्तरण गर्न लागेकी हुन् ।

फिल्मीखबर, काठमाडौं, 2021-06-14, सोमवार

सोमवार इन्स्टाग्राम र फेसबुक स्टोरीमा व्यायम गरेपछि खिचेको एक तस्विर पोस्ट गर्दै वर्षाले एक हप्तामा २ केजी घटाउन सफल भएको बताएकी छन् । तस्विरमा उनी निकै स्लिम र फिट देखिएकी छन् । उनी अझै ६ केजी घटाउन लागिपरेकी छन् ।

एजेन्सी, मुम्बई, 2021-06-13, आईतवार

अमेजनको ब्लकबस्टर वेब शो ‘द फेमिली म्यान २’ का कलाकारलाई आफ्नो खेमामा तान्न नेटफ्लिक्सले मनोज बाजपेयीलाई एक दमदार वेब शो अफर गरेको छ भने सामन्थालाई पनि मोटो रकमसहित नयाँ वेब सिरिज अफर गरेको भारतीय मिडियाले बताएका छन् ।

Results : 6763 - 6768 of 23775
Most Visited News (monthly)