Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 6751 - 6756 of 23775
एजेन्सी, मुम्बई, 2021-06-18, शुक्रवार

अभिनेता सलमान खानले अहिलेसम्म फिल्ममा कमेडी, रोमान्टिक, एक्सन हरेक प्रकारका भूमिका निर्वाह गरिसकेका छन् । तर, ३२ वर्षे आफ्नो करिअरमा उनले बायोपिक फिल्ममा काम गरेका थिएनन् । अब उनी पहिलो पटक बायोपिक फिल्ममा देखिने लागेको भारतीय मिडियाले बताएका छन् । उनले भारतीय जासूस रवीन्द्र कौशिकको बायोपिकमा काम गर्न लागेको चर्चा छ ।

फिल्मीखबर, काठमाडौं, 2021-06-18, शुक्रवार

कोरोना भाइरसको महामारी सुरु भएपछि चलचित्र विकास बोर्डले स्थापना गरेको ‘चलचित्रकर्मी विपद् व्यवस्थापन कोष’ लाई चलचित्र कलाकार संघले सहयोग गरेको छ । कलाकार संघले तीस हजार र कलाकार संघ युकेको तर्फबाट पच्चिस हजार गरी ५५ हजार कोषलाई हस्तान्तरण गरिएको हो । कलाकार संघले बिहीवार बोर्ड अध्यक्ष दयाराम दाहाललाई रकम हस्तान्तरण गर्‍यो ।

फिल्मीखबर, काठमाडौं, 2021-06-18, शुक्रवार

सिन्धुपाल्चोकको मेलम्चीका बाढी पहिरो पीडितलाई अभिनेत्री आँचल शर्मा दम्पति सहितको टिमले राहत वितरण गरेको छ । बिहीवार ४ बजे ५० परिवारका लागि चामल लगायतका खाद्य सामाग्री लिएर आँचल दम्पतिसँगै निर्देशक मिलन चाम्स, ‘गोर्खा वारियर’ का नायक रितेश चाम्स, ओएसआर डिजिटलका ओमप्रकाश अग्रवाल, निर्देशक बसन्त निरौला मेलम्ची पुगेका थिए ।

एजेन्सी, मुम्बई, 2021-06-17, बिहिवार

‘बाहुबली’ निर्देशक एसएस राजामौली निर्देशित फिल्म ‘आरआरआर’ को लामो समयदेखि प्रतिक्षा भइरहेको छ । साउथका दुई ठूला स्टार राम चरण र जुनियर एनटीआरसँगै बलिउड अभिनेता अजय देवगन र अभिनेत्री आलिया भट्टको अभिनय रहेका कारण दर्शक यो फिल्मलाई लिएर उत्साहित छन् ।

फिल्मीखबर, काठमाडौं, 2021-06-17, बिहिवार

कोरोनाका कारण समस्यामा परेका प्राविधिकहरुको जीवनयापनलाई सहज बनाउन अभिनेत्री स्वस्तिमा खड्काले सहयोग अभियान नै चलाएकी छन् । उनको अभियानमा हातेमालो गर्दै फिल्मकर्मीसँगै विभिन्न क्षेत्रमा आबद्ध व्यक्ति तथा संस्थाले सहयोग गरेका छन् ।

फिल्मीखबर, काठमाडौं, 2021-06-17, बिहिवार

अभिनेत्री श्वेता खड्काले पनि सिन्धुपाल्चोकका बाढीपहिरो पीडितका लागि सहयोग अभियान सुरु गरेकी छन् । उनले सहयोगका लागि अपिल गरेपछि केही महिनादेखि कोरोनाका विरामीलाई निःशुल्क अक्सिजन र भोकाहरुलाई खाना बाँडिरहेको संस्था हाम्रो टिम नेपालले श्वेताको अभियानमा सहकार्य गर्दै ५० थान सिरक, डस्ना लगायतका राहत सामाग्री सहयोग गर्ने घोषणा गरेको छ ।

Results : 6751 - 6756 of 23775
Most Visited News (monthly)