Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 2.00/5.00)
Text size:-
+
-

सामन्थालाई नेटफ्लिक्सको ८ करोड अफर

एजेन्सी, मुम्बई, 2021/06/13
 
साउथ अभिनेत्री सामन्था अक्किनेनी र अभिनेता मनोज बाजपेयी अभिनीत वेब सिरिज ‘द फेमिली म्यान २’ हालै ओटीटी प्लेटफर्म अमेजन प्राइम भिडियोमा सार्वजनिक भएको छ । काम र परिवारको दोहोरो जिम्मेवारीमा चेपिएका एउटा पुलिस अफिसरको कथामा बनेको सिरिजले यतिबेला चौतर्फी प्रशंसा कमाएको छ । विशेषगरी सामन्थाको अभिनयलाई दर्शकले निकै रुचाएका छन् ।
 
यो सिरिज सफल भएपछि ओटीटी दुनियाँका दुई ठूला प्लेटफर्म नेटफ्लिक्स र अमेजनबीच युद्ध सुरु भएको छ । अमेजनको ब्लकबस्टर वेब शो ‘द फेमिली म्यान २’ का कलाकारलाई आफ्नो खेमामा तान्न नेटफ्लिक्सले मनोज बाजपेयीलाई एक दमदार वेब शो अफर गरेको छ भने सामन्थालाई पनि मोटो रकमसहित नयाँ वेब सिरिज अफर गरेको भारतीय मिडियाले बताएका छन् ।
 
सामन्थाले नेटफ्लिक्सको प्रस्ताव स्वीकार गरिसकेकी छैनन् । तर, उनलाई वेब सिरिजको कन्सेप्ट मन परेको छ । ‘द फेमिली म्यान २’ मा उनको अभिनय देखेपछि नेटफ्लिक्स उनलाई नयाँ प्रोजेक्टमा लिन पूरै कोशिश गरिरहेको छ । उक्त वेब सिरिजका लागि उनलाई ८ करोड अफर गरिएको जानकारी प्राप्त छ । जबकि, ‘द फेमिली म्यान २’ मा उनले ४ करोडमा काम गरेकी थिइन् । 
Most Visited News (monthly)