Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 6775 - 6780 of 23775
फिल्मीखबर, काठमाडौं, 2021-06-10, बिहिवार

बुधवारबाट ५७ वर्षमा टेकेका अभिनेता राजेश हमालले यसपटक आफ्नो जन्मदिन विशेष तरिकाले मनाएका छन् । मंगलवार र बुधवार गरी आधा दर्जन केक काटेका उनले बुधवार नवनिर्मित धरहरामा पुगेर समेत बर्थ-डे केक काट्न भ्याए । दृश्यावलोकन गर्नका लागि २०औं तल्लामा बनाइएको बार्दलीमा बसेर उनले श्रीमती मधु भट्टराईको साथमा जन्मदिनको केक काटेका हुन्

फिल्मीखबर, काठमाडौं, 2021-06-10, बिहिवार

मानिसको जीवनमा कस्तो घटना कतिखेर घट्छ कसैलाई थाहा हुँदैन । अभिनेत्री बन्ने सपना बोकेर डिप्लोमा गर्न २ वर्षअघि भारत पुगेकी निशा घिमिरेको जीवनमा पनि एउटा अप्रत्यासित घटना घट्यो, जसले उनको सारा सपना निमोठियो । उनलाई अभिनेत्री बन्नु थियो । दर्शकको ठूलो भीडमा उभिएर अटोग्राफ दिनु थियो । तर, एउटा दुर्घटनाले आज उनी जीवन र मृत्युसँग लडिरहेकी छन् ।

एजेन्सी, मुम्बई, 2021-06-09, बुधवार
९ जून १९८५ मा अनिल कपूर र सुनीताको कोखबाट जन्मिएकी उनले सञ्जय लीला भंसालीको फिल्म ‘सांवरिया’ बाट आफ्नो करिअर सुरुवात गरेकी थिइन् । यो फिल्म २००७ मा रिलिज भएको थियो । यसका लागि उनले ३० केजी तौल घटाएकी थिइन् । 
 
फिल्मीखबर, काठमाडौं, 2021-06-09, बुधवार

फिल्मकर्मीलाई कोभिड खोप उपलब्ध गराउन स्वास्थ्यमन्त्री सकारात्मक रहेको बोर्ड सदस्य कटुवालले बताए । मन्त्री तामाङले एक साताभित्र आउने नयाँ खोप फिल्मकर्मीलाई उपलब्ध गराउने प्रतिबद्धता जनाएको उनको भनाई छ ।

फिल्मीखबर, काठमाडौं, 2021-06-09, बुधवार

निर्देशक दिनेश राउत र अभिनेता आर्यन सिग्देलको जोडी एक समय नेपाली फिल्ममा राम्रै जमेको थियो । दुवै एकअर्काका पहिलो रोजाई बनेका थिए । दिनेश आफूले निर्देशन गर्ने फिल्ममा नायकको पहिलो प्रस्ताव नै आर्यनलाई गर्थे । आर्यन पनि दिनेशको फिल्म भनेपछि दाँयाबाँया सोच्दैन थिए । उनीहरुले तीन फिल्म ‘आइ एम सरी, नोभेम्बर रेन र क्लासिक’ मा सहकार्य गरेका छन् ।

एजेन्सी, मुम्बई, 2021-06-08, मंगलवार

सन् २०१२ मा रिलिज भएको अक्षय कुमार र परेश रावल अभिनीत सुपरहिट फिल्म ‘ओ माई गड’ (ओएमजी) को चाँडै सिक्वेल निर्माण हुँदैछ । जसमा यसपटक परेशको ठाउँमा अभिनेता पंकज त्रिपाठी देखिँदैछन् । ‘ओ माई गड २’ मा पनि अक्षय कुमार भगवानको अवतारमा देखिने भारतीय भिडियाले बताएका छन् । अघिल्लो पार्टमा उनले भगवान कृष्णको भूमिका निभाएका थिए ।

Results : 6775 - 6780 of 23775
Most Visited News (monthly)