
बलिउडको सुपरहिट फिल्म ‘गदर : एक प्रेम कथा’ रिलिजको २० वर्ष भएको छ । यो ब्लकबस्टर फिल्मलाई लिएर निर्देशक अनिल शर्माले कयौं कुराको खुलासा गरेका छन् । फिल्ममा सनी देओल र अमीषा पटेलको जोडीलाई दर्शकले निकै रुचाएका थिए । तर, यो फिल्मका लागि उनीहरु पहिलो रोजाइ भने थिएनन् । पहिला अरु नै नायक-नायिकालाई फिल्म अफर गरिएको थियो ।

चलचित्र निर्देशक समाजको पहलमा अभिनेत्री निशा घिमिरेलाई आर्थिक सहयोग संकलन भएको छ । अमेरिकामा बसोबास गर्ने फिल्मकर्मी सुमन दाहाल, अशोक श्रेष्ठ, किशोर सुब्बा, गोपाल चन्द्र लामिछाने, अक्की शर्मा, पवन गौतम, अनिल संग्रौला, दिनेश कार्की र पत्रकार रघुनाथ सापकोटाबाट प्राप्त ५१ हजार मंगलवार निर्देशक समाजले निशाको परिवारलाई हस्तान्तरण गर्यो ।

कोरोना महामारीका कारण शिथिल भएको फिल्म क्षेत्रलाई निषेधाज्ञा खुलेपछि गतिशिल बनाउन चलचित्र निर्माता संघले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग फिल्मकर्मीका लागि कोरोनाविरुद्धको खोप उपलब्ध गराउन आग्रह गर्दै ज्ञापन पत्र बुझाएको छ । संघका अध्यक्ष आकाश अधिकारीले स्वास्थ्यमन्त्री शेरबहादुर तामाङलाई पत्र बुझाउँदै ५ हजार कोभिड खोप माग गरेका हुन् ।

मल्टीकास्ट लिएर एक्सन फिल्म बनाउन रुचाउने निर्देशक मुकुन्द भट्टले निषेधाज्ञाभन्दा अगाडि ‘एक्स ९-लेभल १’ नामक फिल्मको घोषणा गरेका थिए । यो नेपालकै सबैभन्दा ठूलो एक्सन-थ्रिलर फिल्म हुने उनको दाबी छ । ‘लप्पन छप्पन र लप्पन छप्पन २’ मा चल्तीका कलाकार लिएका उनले यो फिल्ममा नेपालीसँगै बलिउडका एक सुपरस्टार नायकलाई समेत लिने तयारी गरेका छन् ।


कोरोना भाइरसको दोस्रो महामारी सुरु भएपछि देशका अधिकांश ठाउँमा निषेधाज्ञा जारी छ । जसले गर्दा दिनहुँ श्रम गरेर गुजरा चलाउने वर्ग ठूलो मारमा परेका छन् । निषेधाज्ञापछि फिल्म क्षेत्रका गतिविधि ठप्प हुँदा प्राविधिकहरुको अवस्थामा पनि दयनीय छ । कतिको घरमा खाद्यान्न अभावले चुल्हो समेत बल्न छाडेको छ भने कतिले लकडाउनदेखि नै कोठाभाडा तिर्न सकेका छैनन् ।

