
अभिनेत्री अनु शाह अचेल फिल्मभन्दा प्रेम सम्बन्धका कारण बढी चर्चामा छिन् । एक दर्जन बढी फिल्म र सयभन्दा बढी म्यूजिक भिडियोमा काम गरिसकेकी उनी लामो समयदेखि अभिनेता सविन श्रेष्ठको प्रेममा छिन् । ‘लक्ष्य र आधी बाटो’ फिल्ममा एकसाथ काम गरेका उनीहरुले तीन वर्ष अगाडि ‘कोर्ट म्यारिज’ गरेको चर्चा पनि चलेको थियो । तर, दुवैले यसलाई अफवाह भनेका थिए ।


अविरल वर्षासँगै आएको भीषण बाढीले मेलम्ची बजारमा ठूलो क्षति पुगेको छ । हेलम्बु र मेलम्ची क्षेत्रका कैयौँ मानिस बेघर र विस्थापित भएका छन् । बाढी घरभित्रै पसेर सबथोक बगाएपछि राहतको आशमा बसेका सिन्धुपाल्चोकका बासिन्दालाई यतिबेला आर्थिक एवं भौतिक सहयोगको ओइरो लागेको छ । कलाकारहरु पनि मेलम्चीको पीडामा मल्हम लगाउन अगाडि सरेका छन् ।


अमेरिकाका लागि नेपाली राजदूत तथा पूर्वअर्थमन्त्री युवराज खतिवडाले नेपाललाई हलिउड फिल्मको छायांकन गन्तव्य बनाउन पहल गर्ने बताएका छन् । बिहीवारदेखि भर्चुअल रुपमा सुरु भएको नेपाल-अमेरिका फिल्म फेस्टिभलको शुभारम्भ गर्दै उनले नेपाल प्राकृतिक फिल्म स्टूडियो रहेकाले नेपालमा फिल्म खिच्न हलिउडका निर्माता/निर्देशकसँग आग्रह गर्ने धारणा राखेका हुन् ।

सिन्धुपाल्चोकको मेलम्ची नदी (इन्द्रावती) मा आएको बाढीका कारण विस्थापित भएकाहरूलाई देश तथा विदेशबाट सहयोग जुट्ने क्रम बढेको छ । नेपाली कलाकारहरु पनि सिन्धुपाल्चोकबासीको पीडामा मल्हम लगाउन राहत संकलन र वितरणमा अग्रसर भएका छन् । बिहीवार अभिनेत्री आँचल शर्मा र उनको टिमले मेलम्चीमै पुगेर बाढी पीडितलाई खाद्यान्न सहयोग गरेको थियो ।

