Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 6781 - 6786 of 23775
फिल्मीखबर, काठमाडौं, 2021-06-08, मंगलवार

अभिनेत्री वर्षा सिवाकोटीले संवेदनशील विषयमा राज्यको न्याय प्रशासनभन्दा युट्युबरहरूको अपरेसन प्रभावकारी हुनु भनेको न्याय मर्नु रहेको बताएकी छन् । आफ्नै ससुराबाट यौन उत्पीडन व्यहोरेर मृत्युवरण गरेकी सविता भण्डारी र राउटे युवती बलात्कृत भएको घटनाले समाजको विकृत पक्षलाई उजागर गरेको बताउँदै उनले यो देशमा न्याय मरिसकेकै हो ? भनेर प्रश्न गरेकी छन् ।

फिल्मीखबर, काठमाडौं, 2021-06-08, मंगलवार

बच्चादेखि वृद्धसम्म सबैले चिनेको र सुनेको नाम हो, राजेश हमाल । ३० वर्षे आफ्नो करिअरमा झन्डै तीन सय फिल्ममा काम गरेका उनले गाउँलेदेखि शहरीया, डनदेखि लभर ब्वाई हरेक प्रकारका भूमिका निर्वाह गरेका छन् । यसकारण पनि उनले फिल्ममा निर्वाह गरेको भूमिकामा दर्शकले आफूलाई महशुस गर्दथे । नेपाली फिल्मलाई यहाँसम्म ल्याउनमा उनको ठूलो देन छ ।

फिल्मीखबर, काठमाण्डौ, 2021-06-08, मंगलवार

अनलाइन पत्रकारीताको क्षेत्रमा नयाँ आयाम बनेर आएको फिल्मीखबर डटकम आज (मंगलबार) बाट १३औं बर्षमा प्रवेश गरेको छ । नेपाली फिल्म उद्योगको प्रर्वद्धनमा निरन्तर यात्रारत यस अनलाइनमा ईस्वी संवत ९ जुन २००९ बाट औपचारिक रूपमा समाचार सम्प्रेषण हुन थालेको थियो । 

एजेन्सी, मुम्बई, 2021-06-07, सोमवार

अभिनेत्री एभलिन शर्माले गुपचुप रुपमा विवाह गरेकी छन् । यामी गौतमकै शैलीमा उनले पनि सिधै सोसल मिडियाबाट विवाहको तस्विर शेयर गरेकी हुन् । फिल्म ‘ये जवानी है दीवानी’ मा काम गरेपछि चर्चामा आएकी उनले प्रेमी तुषान भिन्डीलाई जीवनसाथी बनाएकी हुन् । उनीहरु लामो समयदेखि प्रेममा थिए । अहिले यो जोडीलाई सामाजिक सञ्जालमा बधाईको ओहिरो लागेको छ ।

फिल्मीखबर, काठमाडौं, 2021-06-07, सोमवार

अभिनेता पल शाह अभिनयसँगै सामाजिक कार्यमा पनि सक्रिय छन् । गत वर्ष लकडाउनको समयमा उनले फिल्म प्राविधिकका लागि ५ लाख बराबरको खाद्यान्न सहयोग गरेका थिए भने बाढी पहिरो पीडितलाई पनि राहत वितरण गरेका थिए । कोरोनाको दोस्रो लहर सुरु भएसँगै यतिबेला उनी कोरोनाका बिरामीका लागि निःशुल्क अक्सिजन जुटाउन दिन-रात नभनी खटिरहेका छन् । 

फिल्मीखबर, काठमाडौं, 2021-06-07, सोमवार

फिल्म ‘पिंजडा’ बाट सानदार डेब्यू गरेका अभिनेता निखिल उप्रेतीले आफ्नो समयमा दुई सयभन्दा बढी फिल्ममा काम गरे । तीमध्ये प्रायः फिल्मले निर्मातालाई धनी बनाएका छन् । एक समय उनको टाउको पोस्टरमा राखेको भरमा फिल्म सुपरहिट हुन्थे । उनका फिल्म हेर्न सिनेमा हलमा दर्शकको तछाडमछाड हुन्थ्यो । तर, समय सधैं एकनाशले चल्दैन । उतार-चढाव आइरहन्छ ।

Results : 6781 - 6786 of 23775
Most Visited News (monthly)