Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

निषेधाज्ञामा तौल घटाउँदै वर्षा, एक हप्तामा घटाइन् २ केजी

फिल्मीखबर, काठमाडौं, 2021/06/14
 
कोरोना संक्रमण बढेका कारण निषेधाज्ञा जारी भएपछि कलाकारहरु लामो समयदेखि घरभित्र सीमित भएका छन् । अवस्था सामान्य हुन्थ्यो भने यतिबेला उनीहरुलाई फिल्म र म्यूजिक भिडियोमा भ्याइनभ्याइ हुन्थ्यो । तर, कोरोनाका कारण मनोरञ्जन क्षेत्रमा कुनै प्रकारका गतिविधि भएका छैनन् । जसका कारण दुई महिनादेखि प्रायः कलाकारले पूरै समय परिवारसँग विताइरहेका छन् ।
 
कति कलाकारले निषेधाज्ञालाई सदुपयोग पनि गरेका छन् । कसैले पुस्तक पढेर र फिल्म हेरेर समय बेथित गरिरहेका छन् भने कसैले तौल घटाएर आफूलाई फिट बनाएका छन् । निषेधाज्ञा जारी भएसँगै घरभित्र आफूलाई सीमित राखेकी अभिनेत्री वर्षा सिवाकोटी पनि अहिले तौल घटाउन पसिना बगाइरहेकी छन् । घरमै व्यायम गरेर उनी आफ्नो तौल घटाउन प्रयासरत छिन् ।
 
सोमवार इन्स्टाग्राम र फेसबुक स्टोरीमा व्यायम गरेपछि खिचेको एक तस्विर पोस्ट गर्दै वर्षाले एक हप्तामा २ केजी घटाउन सफल भएको बताएकी छन् । तस्विरमा उनी निकै स्लिम र फिट देखिएकी छन् । उनी अझै ६ केजी घटाउन लागिपरेकी छन् । उनले आफ्नो तौल घटाउन मैतिदेवीस्थित एफडिएच क्लिनिकका डा. दिलजन मन्सुर (कर्ट) सँग पनि सल्लाह लिइरहेको बुझिएको छ । 
 
 
वर्षालाई मिडियाले ‘फ्लप फिल्मकी हिट हिरोइन’ भन्ने गरेका छन् । किनकि, उनी सोलो अभिनेत्री रहेका फिल्म सफल नभए पनि उनको हातमा फिल्मको कमी छैन । कति फिल्म उनले साइन गरेर पनि समय व्यस्तताका कारण छाडेकी छन् । निषेधाज्ञाभन्दा अगाडि ‘ए साथी सुन’ को छायांकन सकाएकी उनको ‘लक्का जवान, परदेशी २, मनसँग मन’ फिल्म प्रदर्शनको पखाईमा छन् ।
Most Visited News (monthly)