
नेपाली फिल्मका पुराना छायाँकार राम शंकर प्रधानको निधन भएको छ । उनको आइतवार साँझ साढे १० बजे वीर अस्पतालमा निधन भएको हो । लामो समयदेखि डायलासिस गराउँदै आएका ७२ वर्षिय प्रधानको सोमवार बिहान पशुपति आर्यघाटमा हिन्दू परम्पराअनुसार अन्त्येष्टि गरिएको छ ।
उनले ‘पर्खि बसेँ, सुन्दर मेरो नाम, फेरि तिम्रो याद आयो, लगनगाँठो, रगत, अजम्बरी नाता’ लगायत तीन दर्जन बढी फिल्म खिचेका छन् । उनको निधनले नेपाली फिल्म क्षेत्रलाई अपूरणीय क्षति पुगेको भन्दै फिल्मकर्मीले दुःख व्यक्त गरेका छन् । स्वर्गीय प्रधानका श्रीमती, दुई छोरी र एक छोरा छन् ।

