Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 6769 - 6774 of 23775
फिल्मीखबर, काठमाडौं, 2021-06-13, आईतवार

फिल्म ‘होस्टेल’ बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी प्रकृति श्रेष्ठले करीब ६ वर्षपछि फिल्ममा कमब्याक गरेकी छन् । निषेधाज्ञा हुनुभन्दा अगाडि उनले फिल्म ‘बिहे पास’ को छायांकन सकाएकी हुन् । यसका लागि उनी अष्ट्रेलियाबाट नेपाल आएकी थिइन् । फिल्ममा उनको जोडी अभिनेता दयाहाङ राईसँग बाँधिएको छ । फिल्ममा उनीहरु श्रीमान-श्रीमतीको भूमिकामा देखिँदैछन् । 

फिल्मीखबर, काठमाडौं, 2021-06-13, आईतवार

तीन वर्ष अगाडि अभिनयमा डिप्लोमा गर्न भारत गएको दुई महिनामा सवारी दुर्घटनामा परेर ‘ब्रेन इञ्जुरी’ भएकी अभिनेत्री तथा मोडल निशा घिमिरेका लागि सहयोगी हातहरु जुट्न थालेका छन् । बिहीवारदेखि नर्भिक अस्पतालमा उपचारार्थ उनलाई शनिवार चलचित्र विकास बोर्ड अन्तर्गतको चलचित्रकर्मी कल्याणकारी कोषले सहयोग स्वरुप ५१ हजार प्रदान गर्ने निर्णय गरेको थियो । 

एजेन्सी, मुम्बई, 2021-06-12, शनिवार

अभिनेत्री विद्या बालनले फिल्ममा अलग-अलग भूमिका निर्वाह गरेर बलिउडको स्टीरियोटाइप सोचलाई चुनौती दिएकी छन् । फिल्मको पात्रअनुसार आफूलाई ढाल्न सिपालु उनले आफ्नो दमदार अभिनयबाट दर्शकको मन जितेकी छन् । तर, उनी आफूले स्टीरियोटाइप सोच तोड्न कोशिश नगरेको बताउँछिन् । आफ्नो बाटोमा अवरोध आउन नदिने प्रण भने गरेको उनको भनाई छ ।

फिल्मीखबर, काठमाडौं, 2021-06-12, शनिवार

प्रदर्शनको पखाईमा रहेको फिल्म ‘चुरीफुरी’ को टिमले कोरोना भाइरसको संक्रमण रोकथामका लागि गरिएको निषेधाज्ञाका कारण बिहान बेलुका हातमुख जोर्न समस्या भएका व्यक्तिलाई राहत वितरण गरेको छ । काठमाडौंको बसुन्धराका बस्दै आएका २५ परिवारलाई फिल्मको टिमले २० दिनसम्म पुग्ने खाद्यान्न सामाग्री हस्तान्तरण गरेको हो । खाद्यान्नसँगै मास्क पनि प्रदान गरिएको छ ।

फिल्मीखबर, काठमाडौं, 2021-06-12, शनिवार
अभिनेत्री निशा घिमिरेलाई चलचित्र विकास बोर्ड अन्तर्गतको चलचित्रकर्मी कल्याणकारी कोषको तर्फबाट ५१ हजार प्रदान गरिने भएको छ । आर्थिक अभावका कारण उनको उपचार गर्न परिवारलाई समस्या भएको खबर सुनेपछि कोषको समितिले उनलाई सहयोग स्वरुप उक्त रकम प्रदान गर्न लागेको हो । कोषले समस्यामा परेका चलचित्रकर्मीलाई आर्थिक सहयोग गर्दै आएको छ ।
एजेन्सी, मुम्बई, 2021-06-10, बिहिवार

‘बाहुबली’ को सफलतापछि अभिनेता प्रभासको फ्यान फलोइंग भारतसँगै विश्वभर छ । यही कारण उनको पपुलारिटीलाई ‘क्यास’ गर्न साउथदेखि बलिउडका निर्माता-निर्देशकले प्रयास गरिरहेका छन् । अहिले उनको हातमा कयौं पेन इन्डिया फिल्म छ भने ‘राधे श्याम’ रिलिजको तयारीमा छ । यसपछि प्रभास ‘केजीएफ’ फेम्ड निर्देशक प्रशान्त नीलको फिल्म ‘सलार’ मा व्यस्त हुनेछन् ।

Results : 6769 - 6774 of 23775
Most Visited News (monthly)