Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

राहत वितरणपछि आँचल लेख्छिन्, ‘सिन्धुपाल्चोकको अवस्था कहालीलाग्दो छ’

फिल्मीखबर, काठमाडौं, 2021/06/18
 
सिन्धुपाल्चोकको मेलम्चीका बाढी पहिरो पीडितलाई अभिनेत्री आँचल शर्मा दम्पति सहितको टिमले राहत वितरण गरेको छ । बिहीवार ४ बजे ५० परिवारका लागि चामल लगायतका खाद्य सामाग्री लिएर आँचल दम्पतिसँगै निर्देशक मिलन चाम्स, ‘गोर्खा वारियर’ का नायक रितेश चाम्स, ओएसआर डिजिटलका ओमप्रकाश अग्रवाल, निर्देशक बसन्त निरौला मेलम्ची पुगेका थिए । 
 
राहत वितरण गरेर फर्किएपछि आँचलले सिन्धुपाल्चोकको अवस्था कहालीलाग्दो रहेका उल्लेख गरेकी छन् । उनले इन्स्टाग्राममा लेखेकी छन्, ‘आज हामी सिन्धुपाल्चोक पुगेर फर्किएका छौं । त्यहाँको परिस्थिति निहाल्दा कहालीलाग्दो छ । सबैको सपना मेलम्चीले बगाएको छ । तर, विश्वास छ हामी सबै एकजुट भएर सिन्धुपाल्चोकबासीको सपनालाई पुरानै लयमा फर्काउने छौं ।’
 
धेरै अभियान्ता, कलाकारहरु सिन्धुपाल्चोकको सारथी बनेर पुगेको देख्दा खुसी लागेको र आफूहरु पनि त्यस्तै सानो सारथी बनेर पुगेको आँचलले बताएकी छन् । मेलम्चीको अहिलेको अवस्था हेर्दा तत्काल सबैले सहयोग गर्नुपर्ने परिस्थिति देखिएको उनको भनाई छ । त्यस्तै, निर्देशक मिलन चाम्सले मेलम्चीको अवस्था हेर्दा युद्ध भूमिभन्दा केही फरक नदेखिएको उल्लेख गरेका छन् ।
 
 
उनले फेसबुकमा लेखेका छन्, ‘मेलम्ची अस्तव्यस्तसँगै त्राशमा बसेका जनता फेरि कति बेला अर्को ठुलो भेल आउला भनेर डराएर बसेका छन् । ठ्याक्कै मेलम्चीको जस्तै अन्य ठाउँको अवस्था पनि उस्तै छ, यो अवस्थामा हामी सबैले दुःखमा साथ दिउँ ।’ उनले बाढी पीडितका लागि वितरण गरिएको राहतमा पनि राजनीतिक घुसाइएको गुनासो सुन्दा अत्यन्त दुःख लागेको बताएका छन् ।
Most Visited News (monthly)