Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 6739 - 6744 of 23775
फिल्मीखबर, काठमाडौं, 2021-06-23, बुधवार

अभिनेत्री तथा मोडल निशा घिमिरेको स्वास्थ्यमा क्रमिक रुपमा सुधार हुँदै गएको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् । सवारी दुर्घटनामा परेर तीन वर्षदेखि अर्धचेत अवस्थामा रहेकी उनको नर्भिक अस्पतालकी प्रबन्ध निर्देशक मेघा चौधरीले जेठ २७ गते उद्धार गरेर उपचार सुरु गरेकी थिइन् । हाल नर्भिक अस्पतालले उनलाई विशेष उपचार कक्षमा राखेर उपचार गरिरहेको छ ।

एजेन्सी, मुम्बई, 2021-06-22, मंगलवार

तमिल सुपरस्टार विजय बलिउड अभिनेता टाइगर श्राफको ठूलो फ्यान रहेको ‘मास्टर’ फेम्ड अभिनेत्री मालविका मोहननले बताएकी छन् । विजयसँग मुम्बईको थिएटरमा ‘बागी ३’ हेरेकी उनले एक अन्तर्वार्तामा भनेकी छन्, ‘विजय सरले ‘बागी ३’ एकदमै इन्जोय गर्नुभएको थियो । जब टाइगर स्क्रिनमा आउँथे, उहाँले बेस्सरी थलाइवा भन्नुहुन्थ्यो । उहाँ टाइगरको ठूलो फ्यान हुनुहुन्छ ।’

फिल्मीखबर, काठमाडौं, 2021-06-22, मंगलवार

देशले करीब डेढ वर्षदेखि कोरोना महामारी भोगिरहेको छ । जेठ अन्तिमपछि संक्रमण दर घट्दै गए पनि सर्वसाधारणमा त्रास घटेको छैन । अर्कोतिर बर्खायाम सुरु भएसँगै बाढी र पहिरोका कारण ठाउँ-ठाउँमा ठूलो जनधनको क्षति भएको छ । यो समयमा नेपाली फिल्मका धेरै कलाकारहरुले कोरोना पीडित र बाढी-पहिरो पीडितलाई आर्थिक तथा भौतिक सहयोग गरिरहेका छन् ।

फिल्मीखबर, काठमाडौं, 2021-06-22, मंगलवार

नेपाली फिल्म क्षेत्रको विकास गर्न २०४८ सालमा शाही नेपाली चलचित्र संस्थान स्थापना भएको थियो । यसबाट केही फिल्म निर्माण पनि भए । पञ्चायती व्यवस्थाको अन्त्यपछि भने यो संस्थानको नाम चलचित्र विकास संस्थान र निजीकरणपछि चलचित्र विकास कम्पनी बन्यो । स्थापनाको समयमा सरकारले संस्थानका लागि कूल २७ रोपनी जग्गा उपलब्ध गराएको थियो । तर, अहिले ६.७५ रोपनीमा खुम्चिएको छ । हराएको २० रोपनीभन्दा बढी जग्गा व्यक्तिको नाममा रहेको भन्दै लामो समयदेखि विवाद चर्किएको छ ।

एजेन्सी, मुम्बई, 2021-06-21, सोमवार

अभिनेत्री रकुल प्रीत सिंहले तेलुगू फिल्ममा काम पाउन छाडेको चर्चालाई अफवाह भनेकी छन् । उनले ट्विटरमा एक पोस्ट लेख्दै त्यसप्रकारको हल्लामा सत्यता नभएको बताएकी हुन् । वर्षमा आफूले ६ वटा फिल्ममा काम गरिरहेको पनि उनको दाबी छ । उनी लेख्छिन्, ‘मैले कहिल्यै यस्तो भनेको थिइनँ । वर्षमा ३६५ दिन हुन्छ र ६ भन्दा बढी फिल्मलाई मिलाउन मलाई मद्दत गर्नुहोस् ।’ 

फिल्मीखबर, काठमाडौं, 2021-06-21, सोमवार

सदाबहार अभिनेत्री करिश्मा मानन्धर आजभोली सामाजिक सञ्जालमा निकै सक्रिय छिन् । देशको सामाजिक तथा राजनीतिक घटनाक्रमका बारेमा उनी तर्कसहित आफ्ना विचारहरु व्यक्त गरिरहेकी हुन्छिन् । कतिले उनका भनाईमा समर्थन जनाउने गरेका छन् भने कतिले आलोचनामा शब्द खर्चिने गरेका छन् । तर, ताली होस् वा गाली, उनी आफ्नो भनाई राख्न कहिल्यै डराउँदिनन् ।

Results : 6739 - 6744 of 23775
Most Visited News (monthly)