Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सिन्धुपाल्चोकका बाढीपीडितका लागि सहयोग जुटाउँदै श्वेता

फिल्मीखबर, काठमाडौं, 2021/06/17
 
सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा इन्द्रवती नदीमा आएको भिषण बाढी बस्तीमा पस्दा ठूलो जनधनको क्षति भएको छ । बाढीका कारण हेलम्बुदेखि मेलम्चीभर झन्डै डेढ सय घर डुबानमा परेका छन् । केहीको ज्यान गुमेको छ भने केही अलपत्र परेका छन् । कति बेघर भएका छन् । बाढीले मेलम्ची करिडोर पूरै तहसनहस भएपछि देश तथा विदेशबाट सहयोग जुट्न थालेको छ ।
 
अभिनेत्री श्वेता खड्काले पनि सिन्धुपाल्चोकका बाढीपहिरो पीडितका लागि सहयोग अभियान सुरु गरेकी छन् । उनले सहयोगका लागि अपिल गरेपछि केही महिनादेखि कोरोनाका विरामीलाई निःशुल्क अक्सिजन र भोकाहरुलाई खाना बाँडिरहेको संस्था हाम्रो टिम नेपालले श्वेताको अभियानमा सहकार्य गर्दै ५० थान सिरक, डस्ना लगायतका राहत सामाग्री सहयोग गर्ने घोषणा गरेको छ ।
 
त्यस्तै, मेलम्ची बासिन्दाको पीडामा मलहम लगाउन हिमालय एयरलाइन्सका विजय श्रेष्ठले १० हजार र रमेश कुमार सापकोटाले २५ हजार सहयोग गरेको श्वेताले फेसबुकमार्फत् जानकारी दिएकी छन् । उनका अनुसार, यो रकमले खाद्य सामाग्री खरिद गरिनेछ । शुक्रवार (भोली) राहत लिएर मेलम्ची प्रस्थान गर्ने तयारीमा रहेकी उनले सहयोग गर्न चाहनेले सम्पर्क गर्न आग्रह गरेकी छन् ।
 
श्वेताले फेसबुकमा लेखेकी छन्, ‘काठमाडौलाई पानीको प्यास मेटाएर आफू भने आँशुको भेलमा डुबिरहेकी मेलम्चीको दुख र पीडालाई टुलुटुलु हेरेर कहाँ बस्न सकिन्छ र ? मेलम्चीको यो दर्दनाक अवस्थामा साथ र सहयोगको हात बढाउनु अहिलेको आवश्यकता हो । यही आवश्यकतालाई महशुस गरी तत्काल राहत र उद्धारको व्यवस्थापनमा आफ्नो पाइला अघि सारेकी छु ।’
 

Most Visited News (monthly)