Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

बोर्डको विपद् व्यवस्थापन कोषलाई कलाकार संघको सहयोग

फिल्मीखबर, काठमाडौं, 2021/06/18
 
कोरोना भाइरसको महामारी सुरु भएपछि चलचित्र विकास बोर्डले स्थापना गरेको ‘चलचित्रकर्मी विपद् व्यवस्थापन कोष’ लाई चलचित्र कलाकार संघले सहयोग गरेको छ । कलाकार संघले तीस हजार र कलाकार संघ युकेको तर्फबाट पच्चिस हजार गरी ५५ हजार कोषलाई हस्तान्तरण गरिएको हो । कलाकार संघले बिहीवार बोर्ड अध्यक्ष दयाराम दाहाललाई रकम हस्तान्तरण गर्‍यो ।
 
उक्त कार्यक्रममा कलाकार संघका अध्यक्ष रबिन्द्र खड्का, उपाध्यक्ष तथा प्रवक्ता मोहन निरौला, कोषाध्यक्ष सुनिल कटुवाल, कार्यसमिति सदस्य रामेश्वर बुर्लाकोटी, सदस्य उद्धब भट्टराई, युके उपाध्यक्ष सुरेशराज पाठक, सेन्सर बोर्ड सदस्य राजेश महर्जन लगायतको उपस्थिति रहेको थियो । कोषलाई क्रियाशिल बनाउन सहयोग गरेको कलाकार संघका अध्यक्ष खड्काले बताए ।
 
बोर्ड अध्यक्ष दाहालले कोष पूर्ण रुपमा फिल्मकर्मीको हितको लागि रहेको र यसमा बोर्डको कुनै भूमिका नहुने बताएका छन् । उनले भने- ‘यो कोष फिल्मकर्मीद्वारा सञ्चालित र फिल्मकर्मीहरुकै लागि खडा गरिएको हो । यो कोषलाई बलियो बनाउन सक्यौं भने भोलीका दिनमा समस्या पर्दा तुरुन्तै सहयोग पाउन सकिन्छ । कोषको रकम बढाउन बोर्डले पनि पहल गरिरहेको छ ।’ 
Most Visited News (monthly)