Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 6733 - 6738 of 23775
फिल्मीखबर, काठमाडौं, 2021-06-25, शुक्रवार
एजेन्सी, मुम्बई, 2021-06-24, बिहिवार

अभिनेत्री कंगना रनावत केही दिनयता फिल्म ‘इमरजेन्सी’ का कारण चर्चामा छिन् । उनले हालै इन्स्टाग्राममा मेकअप आर्टिस्टले आफूलाई मेकअप गरिरहेको एक तस्विर पोस्ट गर्दै फिल्मको तयारी सुरु भएको जानकारी दिएकी थिइन् । अब उनले यो फिल्मको निर्देशन पनि आफैंले गर्ने भएकी छिन् । यसअघि उनले फिल्म ‘मणिकर्णिका : द क्विन अफ झाँसी’ को निर्देशन गरेकी थिइन् ।

फिल्मीखबर, काठमाडौं, 2021-06-24, बिहिवार

बाढी घरभित्रै पसेर सबथोक बगाएपछि राहतको आशमा बसेका सिन्धुपाल्चोकका बासिन्दालाई यतिबेला आर्थिक एवं भौतिक सहयोगको ओइरो लागेको छ । कलाकारहरु पनि उनीहरुको सहयोगमा जुटिरहेका छन् । आँचल शर्मा, आकाश श्रेष्ठ, पूजा शर्मा, स्वस्तिमा खड्का, दीपाश्री निरौला, श्वेता खड्का लगायतले सिन्धुपाल्चोकका बाढी पीडितलाई राहत हस्तान्तरण गरिसकेका छन् ।

फिल्मीखबर, काठमाडौं, 2021-06-24, बिहिवार

फिल्म ‘कृष्ण लीला र हृदयभरी’ मा मुख्य अभिनेत्रीको रुपमा काम गरेकी श्रद्धा क्षेत्री बाढी पीडितलाई सहयोग गर्न घन्टौं हिँडेर लमजुङको दोर्दी पुगेकी छन् । निरन्तर परेको वर्षाका कारण दोर्दी खोलामा आएको बाढीले घरबास गुमाएका १९ परिवारलाई उनले लमजुङको दोर्दी गाउँपालिकामा रहेको हिले बजारमा पुगेर व्यक्तिगत रूपमा खाद्यान्न तथा लत्ताकपडा सहयोग गरेकी हुन् ।

फिल्मीखबर, काठमाडौं, 2021-06-23, बुधवार

एक समय म्यूजिक भिडियोमा निकै जमेको जोडी हो- पल शाह र प्रकृति श्रेष्ठ । उनीहरुले एकसाथ कयौं म्यूजिक भिडियोमा काम गरेका छन् । ‘आई लभ यू, पूर्णिमाको चन्द्रमालाई, तिम्रो चन्चले रुपले, को होला त्यो ?’ लगायतका गीतमा यो जोडीको केमेस्ट्री खुब रुचाइएको थियो । तर, प्रकृति विवाह बन्धनमा बाँधिएपछि भने उनीहरुको म्यूजिक भिडियोमा सहकार्य हुन सकेको थिएन ।

Results : 6733 - 6738 of 23775
Most Visited News (monthly)