
अभिनेता सलमान खानले अहिलेसम्म फिल्ममा कमेडी, रोमान्टिक, एक्सन हरेक प्रकारका भूमिका निर्वाह गरिसकेका छन् । तर, ३२ वर्षे आफ्नो करिअरमा उनले बायोपिक फिल्ममा काम गरेका थिएनन् । अब उनी पहिलो पटक बायोपिक फिल्ममा देखिने लागेको भारतीय मिडियाले बताएका छन् । उनले भारतीय जासूस रवीन्द्र कौशिकको बायोपिकमा काम गर्न लागेको चर्चा छ ।
फिल्मलाई ‘रेड’ फेम्ड निर्देशक राजकुमार गुप्ताले निर्देशन गर्नेछन् । आफ्नो भूमिका र फिल्मको स्क्रिप्ट निकै मन परेका कारण सलमान काम गर्न राजी भएको भारतीय मिडियाको दाबी छ । तर, उनले फिल्म साइन गरेको विषयमा कुनै जानकारी प्राप्त भएको छैन । ब्ल्याक टाइगरको रुपमा चिनिने रवीन्द्र कौशिकलाई भारतको अहिलेसम्मकै सबैभन्दा राम्रो जासूस मान्ने गरिएको छ ।
यो फिल्म बनाउन राजकुमारले गएको ५ वर्षदेखि रवीन्द्रको जिन्दगीसँग जोडिएका हरेक चिजमा रिसर्च गरिरहेका थिए । भारतीय मिडियाका अनुसार, फिल्म ड्रामाटिक थ्रिलर हुनेछ । साथै, एक्सन पनि भरपूर हुने बताइएको छ । निर्माण टिम यतिबेला फिल्मको टाइटल जुराउन छलफल गरिरहेको छ । पछिल्लो समय बलिउड मेकरहरु बायोपिक फिल्म निर्माणमा आकर्षित भएको देखिन्छ ।

