Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘आरआरआर’ मा आलियाको पारिश्रमिक कति ?

एजेन्सी, मुम्बई, 2021/06/17
 
‘बाहुबली’ निर्देशक एसएस राजामौली निर्देशित फिल्म ‘आरआरआर’ को लामो समयदेखि प्रतिक्षा भइरहेको छ । साउथका दुई ठूला स्टार राम चरण र जुनियर एनटीआरसँगै बलिउड अभिनेता अजय देवगन र अभिनेत्री आलिया भट्टको अभिनय रहेका कारण दर्शक यो फिल्मलाई लिएर उत्साहित छन् । फिल्म पण्डितहरुले ‘आरआरआर’ लाई रिलिज अगावै ‘स्योर सट हिट’ भनेका छन् ।
 
यो फिल्मबाट आलियाले साउथ इन्डस्ट्रीमा पाइला राख्दैछिन् । उनको जन्मदिनको अवसरमा निर्माण टिमले एक पोस्टर सार्वजनिक गरेको थियो, जसमा उनी हरियो रंगको साडीमा देखिएकी थिइन् । उनले आफ्नो पहिलो पेन इन्डिया फिल्मका लागि आकर्षक पारिश्रमिक पाएकी छन् । टाइम्स अफ इन्डियाका अनुसार, उनलाई फिल्मका लागि ६ करोड पारिश्रमिक दिइएको छ ।
 
टलिउडका ठूला अभिनेत्रीले समेत पाउन नसकेको पारिश्रमिक आलियाले पहिलो साउथ फिल्ममै प्राप्त गरेको बताइएको छ । उनले आफ्नो भागको प्रायः छायांकन पूरा गरिसकेकी छन् । कोरोनाका कारण फिल्मको बाँकी छायांकन हुन सकेको छैन । दुई ठूला प्लेटफर्म जी५ र नेटफ्लिक्समा पनि रिलिज हुन लागेको फिल्मको नर्थ इन्डिया राइट्स ४७५ करोडमा विक्री भइसकेको छ ।
Most Visited News (monthly)