Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 6235 - 6240 of 23769
फिल्मीखबर, काठमाण्डौ, 2021-12-03, शुक्रवार

कोरोनाका कारण करीब २ वर्षदेखि शुक्रवारका दिन नेपाली फिल्म रिलिज हुन पाएका थिएनन् । लामो समयपछि फ्राइडे रिलिज अन्तर्गत आजबाट फिल्म ‘ओभर डोज’ प्रदर्शनमा आएको छ । तीन दर्जन बढी सिंगल हलमा रिलिज भएको फिल्मले राजधानीका केही मल्टीप्लेक्समा भने शो नै पाएको छैन । जबकि, शुक्रवारबाटै रिलिज भएको हिन्दी फिल्म ‘तडप’ लाई उच्च शो दिइएको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2021-12-03, शुक्रवार

बलिउड फिल्मका लागि नेपाल बलियो बजार हो । भलै, नेपालको कमाईले भारतीय निर्माताहरु मालामाल नहोलान् तर नेपालमा नेपाली फिल्मभन्दा बलिउड फिल्म राम्रो चल्ने गर्दछन् । हिन्दी फिल्मले नेपाली बजारबाट अर्बौं लगेको छ । तर, नेपाली फिल्मले भने भारतीय बजार नै देख्न पाएको छैन । नेपाली फिल्म भारतमा जान सके नेपाली निर्माताले पनि राहतको सास फेर्न सक्ने थिए । 

फिल्मीखबर, काठमाण्डौ, 2021-12-02, बिहिवार

राजावादी राजनीतिक दल राष्ट्रिय प्रजातन्त्र पार्टीको बुधवारबाट काठमाडौंमा सुरु भएको राष्ट्रिय महाधिवेशनमा चर्चित अभिनेत्री रेखा थापाले महामन्त्री पदमा उम्मेदवारी दिने भएकी छन् । हाल राप्रपाको केन्द्रीय सदस्य समेत रहेकी उनी अध्यक्ष पदका दाबेदार राजेन्द्र लिङ्देनको प्यानलबाट महामन्त्रीमा उठ्न लागेकी हुन् । उनले महिलातर्फ महामन्त्री पदमा उम्मेदवारी दिनेछिन् । 

फिल्मीखबर, काठमाडौं, 2021-12-02, बिहिवार

मुख्य नायक भएर अभिनय गरेको फिल्म ‘बाउन्सर’ रिलिज पश्चात अमेरिका हानिएका प्रशान्त गिरी नयाँ फिल्मको तयारीका लागि नेपाल आएका छन् । ७ वर्षअघि नै निर्माण घोषणा गरिएको फिल्म ‘बजरंगी’ को काम अगाडि बढाउन आफू नेपाल आएको उनले जानकारी दिए । फिल्ममा उनकै अभिनय र निर्माण रहनेछ । अहिले फिल्मको स्क्रिप्ट लेखनको काम भइरहेको प्रशान्तले बताए । 

फिल्मीखबर, काठमाण्डौ, 2021-12-02, बिहिवार
फिल्मीखबर, काठमाडौं, 2021-12-02, बिहिवार

अभिनेता निखिल उप्रेतीले जेठी श्रीमती कोपिला उप्रेतीसँग सम्बन्ध विक्षेद गरेका छन् । अभिनेत्री सञ्चिता लुइँटेलसँग दोस्रो विवाह गरेपछि जेठी श्रीमतीबाट अलग बस्दै आएका उनको गत भदौ १ गते भक्तपुर जिल्ला अदालतमा कोपिलासँग डिभोर्स भएको हो । निखिल र कोेपिलाले डिभोर्सका लागि निवेदन दिएको भोलीपल्टै अदालतले दुवै पक्षको मञ्जुरीमा सम्बन्ध विक्षेद गराएको थियो । 

Results : 6235 - 6240 of 23769
Most Visited News (monthly)