Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 6229 - 6234 of 23769
फिल्मीखबर, काठमाडौं, 2021-12-05, आईतवार

अभिनेता निखिल उप्रेतीको जेठी श्रीमती कोपिला उप्रेतीसँग गत भदौ १ गते भक्तपुर जिल्ला अदालतमा सम्बन्ध विच्छेद भएको थियो । तर, सञ्चार माध्यममा उनीहरुको डिभोर्सको खबर यसै साता मात्र बाहिरियो । निखिलले भक्तपुरको नयाँ ठिमीमा रहेको घर, ५० लाख नगद र छोराको पालन-पोषणका लागि महिनाको ५० हजार दिने सर्तमा कोपिलासँग डिभोर्स गरेको फिल्म क्षेत्रमा चर्चा छ ।

फिल्मीखबर, काठमाडौं, 2021-12-05, आईतवार

राष्ट्रिय प्रजातन्त्र पार्टीको महिला महामन्त्री पदमा उम्मेदवारी दिएकी अभिनेत्री रेखा थापा पराजित भएकी छन् । अध्यक्षमा निर्वाचत भएका राजेन्द्र लिङ्देनको प्यानलबाट महामन्त्रीमा उम्मेदवारी दिएकी उनलाई कमल थापा प्यानलकी कुन्ती शाहीले ठूलो मतान्तरसहित हराएकी हुन् । शाहीले २ हजार ८ मत ल्याएर विजयी हुँदा रेखा थापाले १ हजार ६ सय ४० मत प्राप्त गरेकी छन् । 

एजेन्सी, मुम्बई, 2021-12-04, शनिवार

तेलुगू र तमिल फिल्मकी चर्चित अभिनेत्री सामन्था रुथ प्रभुको नर्थ इन्डियामा समेत राम्रो फ्यान फलोइंग रहेको छ । सामन्था पपुलर वेब सिरिज ‘द फेमिली म्यान २’ मा मनोज बाजपेयीको अपोजिटमा भिलेनको भूमिका निर्वाह गरेकी थिइन् । त्यसबेलादेखि उनी बलिउड डेब्यूको तयारीमा रहेको चर्चा सुरु हुन थालेको थियो । अब उनले चाँडै बलिउड फिल्म साइन गर्न सक्ने बताइएको छ ।

फिल्मीखबर, काठमाडौं, 2021-12-04, शनिवार

प्रकु पाण्डेको निर्देशनमा निर्माण भएको फिल्म ‘ईओजी’ (एरर्स अफ गड) को टिजर यूट्युबमा सार्वजनिक भएको छ । १ मिनेट ४१ सेकेण्डको टिजरमा आफ्नो सबै शक्ति गुमाएर पृथ्वीलोकमा साधारण मानवको रुपमा आएका भगवानहरुको कथालाई देखाइएको छ । टिजरले दर्शकमा फिल्मप्रति चासो र कौतुहलता जन्माएको छ । टिजरमा ‘के भगवान छन् ?’ भनेर प्रश्न समेत गरिएको छ ।

फिल्मीखबर, काठमाडौं, 2021-12-03, शुक्रवार

उमेरले ४० नाघेपछि ८ कक्षाबाट अध्ययन सुरु गरेकी अभिनेत्री करिश्मा मानन्धर कक्षा १२ उत्तीर्ण भएकी छन् । शुक्रवार दिउँसो राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको नतिजाअनुसार उनी २.४१ जीपीएसहित कक्षा १२ उत्तीर्ण भएकी हुन् । अभिनेत्री मानन्धरले आफूले सोचेको जस्तै नतिजा आएकोमा खुसी व्यक्त गरेकी छन् । अब उनले अध्ययनलाई निरन्तरता दिने पनि बताएकी छन् । 

फिल्मीखबर, काठमाण्डौ, 2021-12-03, शुक्रवार

अभिनेत्री तथा निर्देशक झरना थापाकी छोरी सुहाना थापाले फिल्म ‘ए मेरो हजुर ३’ बाट अभिनेत्रीको रुपमा सानदार डेब्यू गरिन् । अमेरिकामा अध्ययन गरिरहेको समयमा पिता (सुनिल कुमार थापा) को आग्रहपछि फिल्ममा काम गरेकी उनलाई पहिलो फिल्मले नै सफलताको उचाइँमा पुर्‍यायो । यो फिल्मबाट उनले ठूलो वाहवाही बटुलिन् । अब उनी फिल्म ‘ए मेरो हजुर ४’ मा देखिँदैछिन् ।

Results : 6229 - 6234 of 23769
Most Visited News (monthly)