Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 6247 - 6252 of 23769
फिल्मीखबर, काठमाण्डौ, 2021-11-30, मंगलवार

कलाकारिता क्षेत्रको आदर्श जोडी मानिने सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) विवाह बन्धनमा बाँधिएको १३ वर्ष पूरा भएर १४ वर्षमा लागेको छ । २०६५ साल मंसिर १४ गते उनीहरुले प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका थिए । अहिले उनीहरुका एक छोरी छिन्, शुविहानी कट्टेल । सिताराम र कुञ्जनाको पहिलो पटक भेट र देखादेख नै सुटिङ सेटमा भएको थियो ।

फिल्मीखबर, काठमाडौं, 2021-11-29, सोमवार

कोरोना महामारीका कारण अड्किएको फिल्म ‘मन्त्र’ ले प्रदर्शन मिति घोषणा गरेको छ । सोमवार नयाँ पोस्टरसहित निर्माण टिमले आगामी माघ २८ गतेलाई प्रदर्शन मिति घोषणा गरेको हो । सार्वजनिक पोस्टरमा फिल्मका कलाकारहरु सौगात मल्ल, दीया पुन र बुद्दि तामाङ मात्र प्रस्तुत छन् । पोस्टरमा उनीहरुलाई भिन्न गेटअपमा देख्न सकिन्छ । खिल बहादुर गुरुङ फिल्मका निर्देशक हुन् ।

एजेन्सी, मुम्बई, 2021-11-29, सोमवार

बलिउडको लभ बर्डस् विक्की कौशल र कटरीना कैफ यतिबेला विवाहको तयारीमा जुटेका छन् । राजस्थानको सवाई माधोपुरमा तीन दिनसम्म चल्ने समारोहमा उनीहरु श्रीमान्-श्रीमतीको बन्धनमा बाँधिनेछन् । उनीहरुको विवाह हिन्दू रितिरिवाज अनुसार हुने भारतीय मिडियाले उल्लेख गरेका छन् । ७ डिसेम्बरमा संगीत, ८ डिसेम्बरमा मेहन्दी र ९ डिसेम्बरमा यो जोडीको विवाह हुनेछ ।

फिल्मीखबर, काठमाडौं, 2021-11-29, सोमवार

अभिनेत्री तथा मोडल रेश्मा घिमिरे बैबाहिक जीवनमा बाँधिएकी छन् । उनले प्रभात बाबुसँग सोमवार विवाह गरेकी हुन् । अहिले विराटनगरको एक रिसोर्टमा उनीहरुले हिन्दू परम्परा अनुसार विवाह गरिरहेका छन् । रेश्मा र प्रभातको विवाह समारोहमा नायिका वर्षा राउत सहभागि छिन् । रेश्मा र वर्षा निकै मिल्ने साथी हुन् । अघिल्लो वर्ष प्रभात बाबुसँग रेश्माको इन्गेजमेन्ट भएको थियो । 

फिल्मीखबर, काठमाडौं, 2021-11-29, सोमवार

भनिन्छ, ‘प्रेममा सब कुरा जायज हुन्छ ।’ त्यसैले त हामी भन्छौं नि प्रेम अन्धो हुन्छ । प्रेममा कुनै पनि सीमा नाघ्न तयार हुन्छन् युगल जोडीहरु । यो कुरा आम मानिसमा मात्र होइन, समाजका मार्गदर्शक मानिने सेलिब्रेटीको हकमा पनि लागू हुन्छ । सेलिब्रेटीहरुले प्रेम सफल बनाउन परिवारदेखि समाजसँग ठूलो युद्ध लडेका छन् । कतिको प्रेम सफल भएको छ भने कतिको प्रेम अधुरो रह्यो ।

फिल्मीखबर, काठमाडौं, 2021-11-29, सोमवार

राजावादी राजनीतिक दल राष्ट्रिय प्रजातन्त्र पार्टीको यही मंसिर १५, १६ र १७ गते काठमाडौंमा केन्द्रीय एकता महाधिवेशन हुँदैछ । महाधिवेशन नजिकिँदै गर्दा नेतृत्व चयनको लागि आपसमा रस्साकस्सी सुरु भएको छ । राप्रपाका वर्तमान अध्यक्ष कमल थापा पुनः अध्यक्षमा उठ्दैछन् भने उनलाई झापाका राजेन्द्र लिङ्देनले चुनौती दिने भएका छन् । दुवै पार्टीभित्र राम्रो पकड भएका नेता हुन् ।

Results : 6247 - 6252 of 23769
Most Visited News (monthly)