Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

जेठी श्रीमातीसँग निखिलको डिभोर्स

फिल्मीखबर, काठमाडौं, 2021/12/02
nikhil upreti and kopila upreti
 
अभिनेता निखिल उप्रेतीले जेठी श्रीमती कोपिला उप्रेतीसँग सम्बन्ध विक्षेद गरेका छन् । अभिनेत्री सञ्चिता लुइँटेलसँग दोस्रो विवाह गरेपछि जेठी श्रीमतीबाट अलग बस्दै आएका उनको गत भदौ १ गते भक्तपुर जिल्ला अदालतमा कोपिलासँग डिभोर्स भएको हो । निखिल र कोेपिलाले डिभोर्सका लागि निवेदन दिएको भोलीपल्टै अदालतले दुवै पक्षको मञ्जुरीमा सम्बन्ध विक्षेद गराएको थियो । 
 
जिल्ला न्यायाधीश उमेश कोइरालाले हस्ताक्षर गरेको आदेशमा भनिएको छ, ‘यसमा दुवै पक्षले मिलापत्र गरी पाउँ भनी दिएको संयुक्त दरखास्त र सोही दरखास्त बमोजिम लेखिएको मिलापत्रको कागजी व्यहोरा समेत दुवै पक्षलाई बाची सुनाइ सोको मतलब र परिणाम समेत सम्झाउँदा बुझाउँदा समेत लेखिए बमोजिम सुनाइ सोको मतलब सम्बन्ध विच्छेद हुने गरी मुद्दा मिलापत्र गर्न दुवै पक्ष मञ्जुर भई दुवै पक्षले सहिछाप समेत गरेकोले प्रस्तुत मुद्दा मुलुकी देवानी कार्यविधि संहिता, २०७४ को दफा १९३ (४) बमोजिम मिलापत्र प्रमाणित गरिएको छ ।’
 
अदालतले जारी गरेको सम्बन्ध विक्षेदको कागजमा निखिल र कोपिलाको कुन सर्तमा सम्बन्ध विक्षेद भएको हो भन्ने उल्लेख छैन । अदालतमा सम्बन्ध विक्षेदको निवेदन दिनुभन्दा अगाडि नै उनीहरुबीच लेनदेनको विषयमा सहमति भएको बुझिएको छ । निखिलले कोपिलालाई भक्तपुरमा रहेको घर दिएको स्रोत बताउँछ । कपिला लामो समयदेखि त्यही घरमा छोरासँग बस्दै आएकी थिइन् ।
 
घरबाहेक निखिल उप्रेतीले जेठी श्रीमतीलाई ५० लाख नगद र छोराको पालन-पोषणका लागि मासिक ५० हजार दिनुपर्ने सर्तमा सहमति भएको जानकारी प्राप्त छ । फिल्मी करिअरको सुरुवाती दिनमा निखिलले कोपिलसँग विवाह गरेका थिए । विगत लामो समयदेखि निखिल कान्छी श्रीमती सञ्चिता लुईँटेलको साथमा बस्दै आएका छन् । सञ्चिताबाट उनको एक छोरा र एक छोरी छन् । 
Most Visited News (monthly)