Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘बजरंगी’ बनाउने तयारीमा ‘बाउन्सर’ हिरो

फिल्मीखबर, काठमाडौं, 2021/12/02
prashant giri
 
मुख्य नायक भएर अभिनय गरेको फिल्म ‘बाउन्सर’ रिलिज पश्चात अमेरिका हानिएका प्रशान्त गिरी नयाँ फिल्मको तयारीका लागि नेपाल आएका छन् । ७ वर्षअघि नै निर्माण घोषणा गरिएको फिल्म ‘बजरंगी’ को काम अगाडि बढाउन आफू नेपाल आएको उनले जानकारी दिए । फिल्ममा उनकै अभिनय र निर्माण रहनेछ । अहिले फिल्मको स्क्रिप्ट लेखनको काम भइरहेको प्रशान्तले बताए । 
 
फिल्म ‘थ्याङ्क्यू’ बाट लिड नायकको रुपमा डेब्यू गरेका गिरीले हरर फिल्म ‘साइना’ मा पनि मुख्य नायकको रुपमा काम गरेका थिए । ‘बजरंगी’ को छायांकन अर्को वर्षको मध्यबाट सुरु हुनेछ । उनी भन्छन्, ‘विभिन्न कारणले गर्दा अभिनयलाई निरन्तरता दिन सकेको थिइनँ । अब निरन्तर फिल्ममा काम गर्ने सोचमा छु । फिल्मलाई उत्कृष्ट बनाउन अहिले स्क्रिप्टमा मिहिनेत गरिरहेका छौं ।’
 
नायक गिरी अमेरिकामा ग्याँस र लिक्युड लगायतका व्यवसायमा सक्रिय रहेका छन् । केही हप्ताअघि अमेरिकाबाट नेपाल आएका उनले हालै काभ्रे पुगेर आफूले अध्यन गरेको विद्यालयलाई प्रिन्टिङ्ग लगायतका सामाग्रीसहित विद्यालय रङरोगन र सरसफाइका लागि ६० हजार नगद सहयोग गरेका छन् । उनले नेपालमा पनि पेट्रोलिय पदार्थ र रेष्टुरेन्ट व्यवसायमा ठूलो लगानी गरेका छन् ।
Most Visited News (monthly)