

‘यूट्युबमा सित्तैमा फिल्म हेर्न पाएपछि महंगो टिकट काटेर दर्शक हलसम्म किन जान्छन् ?’ यो केही वर्षयता नेपाली फिल्म क्षेत्रमा उठेको गम्भीर प्रश्न हो । यूट्युबमा फिल्म सार्वजनिक गर्ने प्रवृतिले हलमा दर्शक घट्न थालेका छन् । तर, नेपाली निर्माताहरुले केही लाखको लोभमा फिल्मको यूट्युब राइट्स बेच्न छाडेका छैनन् । जसले गर्दा नेपाली फिल्मको घरेलू बजार नै डामाडोल बनेको छ ।

निर्माता छविराज ओझाले पछिल्लो पटक निर्माण गरेको फिल्म ‘मंगलम’ हो । यो फिल्म प्रदर्शनमा आएसँगै उनको जीवनमा ठूलो भूकम्प आयो । शिल्पा पोखरेलसँगको झगडाले उनलाई प्रहरी चौकीदेखि अदालतसम्म पुर्यायो । अहिले पनि उनीहरुको सम्बन्ध विक्षेदको मुद्धा अदालतमा विचाराधिन रहेको छ । यो केशले गर्दा छविराजले फिल्म निर्माणलाई निरन्तरता दिन सकेका थिएनन् ।

सुपरस्टार सलमान खानलाई बलिउडको हिट मेशिन भन्ने गरिन्छ । विगत केही वर्षयता उनले एकसेएक सुपरहिट फिल्म दिएका छन् । ‘बडिगार्ड, वान्टेड, दबंग, बजरंगी भाइजान, सुल्तान, टाइगर’ जस्ता फिल्मले उनको स्टारडम उत्कर्षमा पुर्याएको थियो । तर, ‘ट्यूवलाइट, दबंग ३, राधे, भारत’ जस्ता कमजोर फिल्मले उनको स्टारडम पनि कमजोर बनेको कतिपयको विश्लेषण छ ।

नायक सुधांशु जोशी विगत लामो समयदेखि अमेरिकामा बस्दै आएका छन् । फिल्ममा अपेक्षाकृत सफलता हासिल गर्न नसकेपछि अमेरिका भाँसिएका उनी अब फिल्म अभिनयमा फर्किने भएका छन् । मुकुन्द भट्टको निर्देशनमा बन्न लागेको फिल्म ‘एक्स ९’ मा उनी अनुबन्ध भएका हुन् । सुधांशुले फिल्मको कथावस्तु र आफ्नो चरित्र राम्रो लागेपछि काम गर्न तयार भएको बताएका छन् ।

नेपालको दोस्रो ठूलो राजनीतिक पार्टी नेपाली कांग्रेसको यही मंसिर २४ गतेदेखि सुरु हुन लागेको चौथौं राष्ट्रिय महाधिवेशनका लागि कांग्रेस निकट फिल्मकर्मीहरुले पनि उम्मेदवारी घोषणा गर्न थालेका छन् । यसैक्रममा, फिल्म निर्देशक तीर्थ बहादुर थापाले कांग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने भएका छन् । मंगलवार (आज) एक कार्यक्रमका बीच उनले उम्मेदवारी घोषणा गरे ।

